स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

प्रमुखमा नौ र उपप्रमुखमा आठसहित तुलसीपुरमा ४४४ उम्मेदवार

असार ५, २०७४

    दाङः असार १४ मा हुने स्थानीय तह निर्वाचनका लागि दाङको तुलसीपुर उपमहानगरपालिकामा ४४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

    यस उपमहानगरपालिकामा प्रमुखका लागी नौ र उपप्रमुखका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

    नेपाली कांग्रेसबाट प्रमुखमा गेहेन्द्र गिरी र उपप्रमुखमा देविका नेपाली रेग्मी, एमालेबाट प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्य, माओवादी केन्द्रबाट प्रमुखमा शेसुराम भण्डारी र उपप्रमुखमा सीता वली वृक्षा, राप्रपाबाट प्रमुखमा लालबहादुर केसी र उपप्रमुखमा लक्ष्मीसिंह राठोर, राजमोबाट प्रमुखमा शुक्रराज भण्डारी र उपप्रमुखमा कमला जीसी तथा मालेबाट प्रमुखमा शालिकराम चौधरीले उम्मेदवारी दर्ता गराएक छन्।

    यस्तै, नयाँ शक्ति पार्टी नेपालबाट प्रमुखमा जीवन भण्डारी र उपप्रमुखमा शान्ति रिजाल, स्वतन्त्रबाट प्रमुखमा ईश्वरीप्रसाद गैरे र राप्रपा राष्ट्रवादीबाट हंसराज केसी तथा फोरम लोकतान्त्रिकबाट उपप्रमुखमा मीनाकुमारी छन्त्यालले उम्मेदवारी दर्ता गराएका छन्।

    यसरी नै राष्ट्रिय जनमुक्ति पार्टीबाट उपप्रमुखमा लीला पुनले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]