स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

ओखलढुंगामा १९ जनाले लिए उम्मेदवारी फिर्ता

३ सय ९१ स्थानका लागि १ हजार २ सय ७८ को प्रतिस्पर्धा

असार ६, २०७४
    • मनोज भट्टराई-

ओखलढुंगा : ओखलढुङ्गामा दोस्रो चरणको निर्वाचनमा स्थानीय तहका १९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्थानीय तहमा उमेदवार दिनेहरुले फिर्ता लिने समयमा चिसंखुगढी गाउँपालिकाबाहेक ७ वटा स्थानीय तहका १९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

जिल्लाका ८ स्थानीय तहका ३ सय ९१ पदका लागि ओखलढुंगामा १ हजार २ सय ९७ जनाले उम्‍दवारको मनोनयन दर्ता गरेका थिए। उमेदवारीलाई फिर्ता लिने समयमा ओखलढुंगाका एक नगरपालिकासहित ६ वटा गाउँपालिकाका १९ जना प्रमुख तथा उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यको उम्मेदवारी फिर्ता भएको छ।

कुन स्थानीय तहबाट क-कसले फिर्ता लिए?

सिद्धिचरण नगरपालिका वडा नम्बर.३ का वडा अध्यक्षका उम्‍मेदवार टीकाराम खत्री र जनककुमार केसीले उम्‍मेदवारी फिर्ता लिएका छन्। टीकाराम खत्रीले माओवादी केन्द्रको तर्फबाट उम्‍मेदवारी दिएका थिए भने जनककुमार केसी नेपाली कांग्रेसका बागी उम्‍मेदवार हुन्। त्यस्तै सिनपा वडा नं. ५ का वडा अध्यक्षका

प्रत्यासी उम्‍मेदवार महेन्द्रप्रसाद दाहालले पनि उम्‍मेदवारी फिर्ता लिएका छन्। दाहाल वडा नं. ५ वाट नेकपा एमालेका बागी उमेदवार हुन्। मोनञ्ज्याङमा तीर्थराज राईले मानेभञ्ज्याङ गाउपालिकाको वडा नं. ४ को वडा अध्यक्ष पदको उमेदवारी फिर्ता लिएका छन्। राईले स्वतन्त्रवाट आफ्नो उम्‍मेदवारी दर्ता गरेका थिए।

मोलुङ गाउँपालिकामा भने गाउँपालिका प्रमुख पदका उम्मेदवारसहित तीनजनाले आफ्नो उम्‍मेदवारी फिर्ता लिएका छन्। गाँउपालिका अध्यक्ष पदका प्रत्यासी केदारनाथ दाहालले उम्‍मेदवारी फिर्ता गरेका हुन्। उनी ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनले स्वतन्त्रबाट उम्‍मेदवारी दर्ता गरेका थिए।

त्यस्तै वडा नं. ४ का वडा अध्यक्षका उम्‍मेदवार बेकराज खतिवडा र वडा नं. २ का महिला सदस्य अनिता देवी थापा क्षेत्रीले उम्‍मेदवारी फिर्ता लिएका हुन्। उनीहरु दुवैले स्वतन्त्रबाट उमेदवारी दिएका थिए।

लिखु गाउँपालिकामा वडा नं. ८ का कोमल प्रसाद तिमल्सिना र वडा नं. ७ का नरध्वज खड्काले उम्‍मेदवारी फिर्ता लिएका छन्। कोमलप्रसाद तिमिल्सिना एमालेबाट २०५४ मा साविकको टारकेराबारी गाविसबाट उपाध्यक्षसमेत बनेका थिए भने खड्काले असन्तुष्टि जनाई कांग्रेसविरुद्ध उम्मेदवारी दर्ता गराएका थिए।

सुनकोसी गाउँपालिकामा भने ५ जनाले उम्‍मेदवारी फिर्ता लिएका छन्। सुनकोसी गाउँपालिकाको वडा अध्यक्ष पदका प्रत्यासी पेशल अधिकारी, नयाँ शक्ति पार्टी नेपालका तर्फवाट वडा नं. ३का वडा अध्यक्षका उम्‍मेदवार खडानन्द तिमिल्सिना, वडा नं. २ बाट पदमबहादुर तामाङ, वडा नं. १० वाट योगेश्वर अधिकारी र वडा नं. ५ का महिला सदस्यका उम्‍मेदवार खिनमाया तामाङले उम्‍मेदवारी फिर्ता लिएका हुन्।

जिल्लाको अति दुर्गम भनिएको खिजीदेम्वामा पनि ५ जनाले उमेदवारी फिर्ता लिएका छन्। उम्‍मेदवारी फिर्ता लिनेहरुमा वडा नं. १ का मान बहादुर महतारा, वडा नं. २ का लालप्रसाद नेपाल रहेको छन्। उनीहरु दुवै वडा अध्यक्षका उमेदवार हुन्। त्यस्तै वडा नं. १ का रामबहादुर खत्री र खेम नारायण श्रेष्ठ तथा वडा नं. २ का

रामचन्द्र नेपालले आफ्नो उम्‍मेदवारी फिर्ता लिएका छन्। उनीहरु तिनै जना वडा सदस्यका उमेदवार हुन्। चम्पादेवी गाउँपालिकामा भने कुनै पनि उम्‍मेदवारहरुले आफ्नो उमेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालयले चम्पादेवीले जनाएको छ।

चिसंखुगढी गाउँपालीकाको तथ्यांक आउन बाँकी

चिशंखुगढी गाउँपालिकामा भने १ सय ३९ जनाले उम्मेदवारी दर्ता गराएका थिए। यहाँ कति संख्यामा उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिए भन्ने अझै तथ्यांक आएको छैन। चिसंखुगढीमा  निर्वाचन प्रयोजनका लागि खटिएका कर्मचारीहरु अझै सम्पर्कमा नआएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ।

चिसंखुगढी गाउँपालिकामा सञ्‍चारसामाग्रीले काम नगरेको कारण र निर्वाचनमा खटिएका निर्वाचन अधिकृत र सूचना अधिकारीलगायत कुनै पनि कर्मचारीहरुको फोन सम्पर्क हुन सकेको छैन। जसका कारण सूचना सम्प्रेषणमा कठिनाइ निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]