स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

कांग्रेसका क्षेत्रीय प्रतिनिधिले दिए गाउँपालिका अध्यक्षमा वागी उम्मेदवारी

असार ६, २०७४
    • मिलनप्रकाश ढुङ्गाल-

बैतडीः लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय नेता धनबहादुर विष्टले डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। 

आफ्नो अवमूल्यन गर्दै पार्टीले टिकट नदिएपछि उनले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्। 

कांग्रेस केन्द्रीय समितिबाट डिलाशैनीमा करन रानालाई उम्मेदवार बनाएपछि विष्टले आपत्ति जनाउँदै आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्। २०४८ सालमा पार्टीको सदस्यता लिएका विष्ट अहिले नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन्।

‘राष्ट्रियता, समाजवाद र प्रजातन्त्रको सिद्धान्त र आदर्शलाई अंगीकार गर्दै पार्टीले दिएको जीम्मेवारी इमान्दारीसाथ बहन गर्दै आएको हुँ’, गुनासो गर्दै उनले भने, ‘तर अहिले पार्टीले मेरो मूल्यांकन गरेन।’ 

पार्टीभित्र गुटबन्दी मौलाएकाले आफूले टिकट नपाएको उनको आरोप छ। डिलाशैनीलाई भ्रष्टाचारमुक्त बनाउन, सुशासन कायम गर्न र गरिब जनताको उन्नतिका लागि संविधानका मौलिक हकअनुरूप जनताका हक अधिकार निष्पक्ष र पारदर्शी रूपमा घरदैलोमा पु¥याउन आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए।

डिलाशैनी गाउँपालिका अध्यक्ष पदमा आकांक्षा राखेका विष्टको नाम जिल्लाले क्षेत्र र केन्द्रमा नपठाएपछि उनी आफैँले क्षेत्र र केन्द्रमा निवेदन गरेका थिए। तर क्षेत्रीय समिति र केन्द्रीय समितिले उनलाई उम्मेदवार नबनाएपछि उनी आक्रोशित बनेका हुन्। 

माओवादी द्वन्द्वका बेला सम्पति क्षति, घरजग्गा कब्जा भई बिस्थपित जीवन व्यतीत गरिरहेका विष्ट शान्ति सौम्झातापछि पनि पार्टीका हरेक गतिविधिमा सक्रिय रहेको बताउँछन्।

पार्टीको केन्द्रबाट पनि कार्यकर्ताको कुनै मूल्यांकन नगरी पार्टीप्रतिको समर्पण, त्याग र बलिदानको वास्ता नरिएको प्रति उनले खेद व्यक्त गर्दै भने, ‘नेपाली कांग्रेसले अब जनआन्दोलनबाट प्राप्त उलपब्धिको रक्षा गर्नेमा शंका पैदा भयो।’ 

विष्ट वागी उम्मेदवार उठेपछि जिल्ला सभापति नरेन्द्र थापाले वागी उठ्ने नेता कार्यकर्तालाई सिधै कार्वाही गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]