स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

नेपालगञ्ज उपमहानगरमा ६०१ जना चुनावी मैदानमा

असार ८, २०७४

    बाँके : आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको ९४ पदका लागि ६०१ जना चुनावी मैदानमा उत्रिएका छन्। नगरप्रमुख पदका लागि १६ जना प्रतिस्पर्धामा छन् भने उपप्रमुखमा १० जना चुनावी मैदानमा छन्। 

    उपप्रमुखका लागि ११ जनाले उम्मेदवारी दिएकोमा एकजनाको रद्द भएको प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए। संघीय समाजवादी फोरमको तर्फबाट प्रमुखमा उम्मेदवारी दर्ता गराएकी खड्काको उम्मेदवारी आधिकारिक नभएको प्रमाणित भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेको हो। 

    ४६ वडा सदस्यका लागि ३०१ र २३ जना महिला सदस्यका लागि १४४ जनाले प्रतिस्पर्धा गर्दैछन्। २३ जना दलित महिला सदस्यका लागि १३० जना चुनावी मैदानमा उत्रीएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

    मुस्लिम समुदायको उल्लेख्य सहभागिता  
    नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखका लागि प्रतिस्पर्धामा रहेका १६ मध्ये ५ जना मुस्लिम समुदायका छन्। एमालेका मसुद्दिन सिद्धिकी, संघीय समाजवादी फोरमका कमरुद्दिन राई, नेपाल मजदुर किसान पार्टीका रसिद अहमद मनिहार र स्वतन्त्र रूपमा मोहम्मद अजुव हल्वाई तथा अब्दुल सलाम सिद्धिकी प्रमुख पदका लागि चुनावी मैदानमा छन्। 

    उपमहानगरको २३ वडा अध्यक्षका १७० जनाले उम्मेदवारी दिएका छन् । ति मध्ये ५४ जना मुस्लिम समुदायका छन्। खुल्ला सदस्य र महिला सदस्यमा उम्मेदवारी दिने मुस्लिमको संख्या पनि धेरै छ। खुला सदस्य ४६ जनाका लागि मुस्लिम समुदायका १०३ जनाले उम्मेदवारी दिएका छन्। महिला सदस्यका लागि ४९  मुस्लिम महिलाले उम्मेदवारी दिएका छन्। २३ जना महिला सदस्यका लागि जम्मा १४४ जनाको उम्मेदवारी परेको छ। 

    पहिलेका निर्वाचनको तुलनामा यसपटकको स्थानीय तह निर्वाचनमा मुस्लिम समुदायको प्रतिनिधित्व सन्तोषजनक रहेको मुस्लिम अगुवा मोहम्मद शेर वागवानले बताए। उनले प्रमुख, उपप्रमुख, वडा सदस्य र महिला सदस्यमा उम्मेदवारी दिनेको संख्या बढेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]