स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

बाँकेका ८ स्थानीय तहमा २ हजार ३६० उम्मेदवार

असार ८, २०७४

    बाँके : आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा बाँकेमा २ हजार ३ सय ६० जनाको उम्मेदवारी कायम भएको छ।  

    निर्वाचन अधिकृत टेकबहादुर थापाका अनुसार कोहलपुरमा ३८१ उम्मेदवार छन्। प्रमुखमा ९ र उपप्रमुखमा ८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत थापाले जानकारी दिए। 

    खजुरामा गाउँपालिकामा १९२ जना उम्मेदवार छन्। निर्वाचन अधिकृत भुवन गिरीका अनुसार अध्यक्षमा ८, उपाध्यक्षमा ९, वडा अध्यक्षमा ३८, महिला सदस्यमा ३५, दलित महिला सदस्यमा ३५ र खुला सदस्यमा ६७ जनाको उम्मेदवारी परेको छ। 

    डुडुवा गाउँपालिकामा २०२ जनाको उम्मेदवारी कायम भएको छ। अध्यक्षमा १०, उपाध्यक्षमा ७, वडा अध्यक्षमा ४४, महिला सदस्यमा ३४, दलित महिला सदस्यमा ३५ र खुला सदस्यमा ७२ जना २०२ जनाको उम्मेदवारी कायम भएको छ। 

    जानकी गाउँपालिकामा २१७ जनाको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृत ऋषिराम केसीका अनुसार पार्टीका तर्फबाट २०७ जना र  १० जना स्वतन्त्रको उम्मेदवारी कायम भएको छ। अध्यक्षमा ११, उपाध्यक्षमा ७ तथा वडा अध्यक्ष ११, महिला सदस्य ३९, दलित महिला सदस्य ४१, खुला सदस्यमा ७५ उम्मेदवार छन्।

    राप्ती–सोनारी गाउँपालिकामा २०९ जनाको उम्मेदवारी परेको छ। राप्ती सोनारीमा ९ जना अध्यक्ष र ६ जना उपाध्यक्षको उम्मेदवारी कायम भएको छ। बैजनाथ गाउँपालिकामा २०२ उम्मेदवार रहेका निर्वाचन अधिकृत सुशील देवकोटाले जानकारी दिए। नरैनापुर गाउँपालिकामा १७३  जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत गोर्खबहादुर थापाले बताए।

    नेपालगञ्जसहित बाँकेका ८ स्थानीय तहमा कुल २ लाख ४६ हजार ७ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। १ लाख २५ हजार ९९३ महिला र १ लाख २० हजार ८४ पुरुष र १ तेस्रोलिङ्गी मतदाता छन्। बाँकेमा १३६ मतदान स्थल र २९५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]