राजनीति

पैसा बाँडेको आरोप लागेका एमाले उम्मेदवारलाई आयोगको प्रश्न: तपाईंको उम्मेदवारी किन रद्द नगर्ने?

कात्तिक २२, २०७४

    काठमाडौं : निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट डोटी जिल्लाको प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरसँग २४ घण्टे स्पस्टीकरण मागेको छ।

    आलेमगरले निर्वाचन आचारसंहिता विपरित मतदातालाई रकम बाँडेको सूचना निर्वाचन आयोगमा प्राप्त भएको भन्दै योगले स्पष्टीकरण सोधेको हो। 'उम्मेदवारी रद्द किन गर्न नपर्ने हो भनी उम्मेदवार आलेमगरलाई २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको', आयोगका सह प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए।

    शर्माका अनुसार आलेमगरलाईलाई पठाएको पत्रमा चुनावी दौडमा रहेका निवर्तमान एमाले सांसदले पैसा बाँडेको आरोप भन्ने समाचार प्रकाशित भएकोमा आयोगको ध्यानाकर्षण भएको हो। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारले मतदातालाई रकम बाँडेको विषय निर्वाचन आचारसंहिता विपरित देखिएकोले आयोगले स्पष्टीकरण सोधेको आयोगले जानकारी दिएको छ।

    आयोगले आलेमगरलाई 'निर्वाचन आयोग ऐनअनुसार तपाईंको उम्मेदवारी रद्द किन गर्न नपर्ने हो?' भनि प्रश्न गर्दै पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]