राजनीति

देउवाको गाउँपालिकाबाटै ३ उम्मेदवार, कोही कांग्रेस कोही वाम

कात्तिक २३, २०७४

    डडेल्धुरा : प्रदेश तथा प्रतिनिधिसभा  निर्वाचनका लागि डडेल्धुरामा एउटै गाउँपालिकाका तीन जना नेता उम्मेदवार बनेका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ र २ का तीन नेता प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन्।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, कांग्रेसकै जिल्ला सभापति कर्णबहादुर मल्ल र नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डा.तारा जोशी एउटै गाउँपालिकाका हुन्। उनीहरु तीनैजना यसपटकको निर्वाचनमा उम्मेदवार बनेका छन्। गाउँपालिकाको वडा नम्बर १ का स्थायी वासिन्दा कांग्रेस सभापति देउवा डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छन्।

    यस्तै गन्यापधुरा गाउँपालिकाका २ घर भएका कांग्रेसका जिल्ला सभापति मल्ल प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट उम्मेदवार हुन् भने नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष जोशी पनि निर्वाचन क्षेत्र ‘ख’ बाट नै प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन्।

    कात्तिक १६ गते उम्मेदवारी दर्ता गरेपछि प्रदेशसभाका उम्मेदवार मल्ल र जोशी अहिले आआफ्नो पक्षमा मत बटुल्न घरदैलो कार्यक्रममा व्यस्त छन्।प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा गाउँ पसे पनि प्रधामनमन्त्री देउवा भने काठमाडौंमा नै छन्। देउवाको प्रतिस्पर्धीमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्ट छन्।

    उम्मेदवारहरुले आफू विजयी भए विकासका कामलाई प्राथमिकता दिने घोषणा गरेका छन्। उनीहरुले आफूलाई भोट दिए सडक, खानेपानी, बिजुली, रोजगारमुलक कामको आश्वसन दिइरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]