समाज

प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

कात्तिक २४, २०७४

    दाङ : प्रहरीमा जागिर लगाइदिने आश्वासन देखाएर पैसा असुल्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको कोटगाउँ घर भई हाल घोराही उपमहानगरपालिका- १५ जानकी टोल निवासी अमृता वली रहेको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन्।

    अमृताले प्रहरीमा जागिर लगाईदिने भन्दै दंगीशरण गाउँपालिका वडन नं ७ निवसी अनिकेतन योगी र सोही ठाउँका विजय विकसंग प्रति व्यक्ति १ लाख ५० हजार रुपैयाँका दरले ३ लाख उठाएको बताइएको छ।

    वलीलाई ठगी मुद्दा चलाइएको एसपी सिंहले जानकारी दिइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]