राजनीति

सार्वजनिक स्थानमा सरकारी कर्मचारीले मापसे गरे १० हजार जरिवाना

कात्तिक २४, २०७४

    भबिन कार्की-

      संखुवासभा : जिल्लाको उत्तरी क्षेत्रमा पर्ने शिलिचोङ गाउँपालिकाभित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि तथा कर्मचारीहरुले सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन गरे १० हजार रुपैयाँ जरिवाना लाग्ने भएको छ।

      यस्तो निर्णय बुधबार शिलिचोङ गाउँ कार्यपालिकाको बैठकले पारित गरेको हो। भौगोलिक हिसाबले अत्यन्तै दुर्गम मानिएको शिलिचोङ गाउँपालिकालाई सभ्य र समृद्ध बनाउन भन्दै गाउँ कार्यपालिकाले यस्तो निर्णय गरेको हो।

       शिलिचोङ गाउँपालिकामा पछिल्लो समय मादक पदार्थ सेवन गरी सार्वजनिक ठाउँमा होहल्ला, झगडा लगायतको गतिविधि बढ्दै गएकोले यस्तो निर्णय गर्नुपरेको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए। मादक पदार्थ सेवन गरी दोस्रो पटक कारबाहीमा परे अघिल्लोको दोब्बर जरिवाना तिर्नुपर्नेसमेत निर्णय गरेका छन्।

      गाउँपालिका भित्रको विद्यालय सुधारको लागि जनप्रतिनिधिहरुले नियमित निरीक्षण गर्ने निर्णय गरेका छन्। निर्धारित समयसम्म शिक्षकहरुले नपढाए, बिदा स्वीकृत नगराई अनुपस्थित भए वा अन्य गैरकानुनी रुपमा विद्यालयमा उपस्थित भए कारबाही गर्ने निर्णय गरेका छन्।

       कर्मचारी तथा शिक्षकहरु बिदा स्वीकृत नगराई अनुपस्थित भए तलब कट्टा तथा रोक्का गर्ने निर्णय गरेको गाउँपालिकाका कार्यकारी अधिकृत मोहन निरौलाले जानकारी दिए। गाउँपालिका भित्रको रिक्त रहेको विद्यालयहरुमा पदपूर्ति गराउन पहल गर्नेसमेत निर्णय गरेका छन्।

      गाउँपालिका भित्रको टोल टोलमा द्रुत गतिमा विकास गर्नको लागि तत्काल टोल विकास समिति गठन गरी विकासका कार्यहरु अगाडि बढाउने निर्णय पनि गरेका छन्। सो समितिकै पहलमा समाजमा रहेको विकृति हटाउने गाउँपालिकाले लक्ष्य लिएको शिलिचोङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मोहनशमशेर कुलुङले जानकारी दिए।

    सम्बन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

    सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल[email protected]
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: [email protected]

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]