समाज

दुई मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु

कात्तिक २४, २०७४

    भक्तपुर :  भक्तपुरमा बिहीबार राति दुई मोटरसाइकल आपसमा  ठोकिँदा एक जनाको मृत्यु भएको छ  भने दुईजना घाइते भएका छन्। भक्तपुरको सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोग चोकमा राति विपरीत दिशाबाट

    आउँदै गरेका बा.४९प१५४९ नम्बरको मोटरसाइकल र बा.९०प३९६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा बा.४९प १५४९ नम्बरको मोटरसाइकलका चालक धादिङ केवलपुर-१० घर भई हाल कुलेश्वर काठमाडौँ बस्ने ४२ वर्षीय सानुकाजी श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

    दुर्घटनामा घाइते भएका श्रेष्ठको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण पसाईंले जानकारी दिए।

    बा.४९प१५४९ नम्बरको मोटरसाइकल पछाडि सवार धादिङकै ४४ वर्षीय कमलबहादुर बास्कोटा र बा.९०प३९६५ नं को मोटरसाइकल चालक मथिनपा–७ नगदेश बस्ने १८ वर्षीय रोहित बाडेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको छ। त्यसबारे थप अनुसन्धान कार्य भइरहेको नायव उपरीक्षक प्रसाईले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]