समाज : सुरक्षा/अपराध

डेढ लाखको अवैध काठ बरामद

कात्तिक २४, २०७४

    बाँकेः सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गण नेपालगन्जले नेपालगन्ज ल्याउँदै गरेको अवैध काठ शुक्रबार बिहान बरामद गरेको छ। 

    बर्दियाको जमुनीबाट नेपालगन्ज ल्याउँदै गरेको एक लाख ४० हजार रूपैयाँ मूल्य पर्ने २८ दशमलव २१ क्यूविक फिट काठ सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गणले बरामद गरेको हो। 

    सशस्त्र प्रहरी नायव निरीक्षक (सई) द्रोण बुढाको नेतृत्वमा गएको टोलीले ल्याउँदै गरेको झ्याल, ढोकाका चौकस र करी बरामद गरेको गणका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोषविक्रम शाहले जानकारी दिए। 

    प्रहरीले काठ बोकेको भे१त ७७८० नम्बरको ट्र्याक्टर र चालकलाई समेत नियन्त्रणमा लिएको छ। बरामद भएको काठ, ट्र्याक्टर र चालकलाई जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको डीएसपी शाहले बताए। ट्र्याक्टरको ट्रलीमा काठको माथि इट्टा राखेर ल्याउने क्रममा विशेष सुराकीको आधारमा काठ नियन्त्रणमा लिन सफल भएको सई बुढाले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]