समाज

एउटा ढुंगोका कारण नारायणगढ-मुग्लिन सडक दिनभर बन्द

फोटो सौजन्य : मुग्लिन सडक आयोजना
कात्तिक २५, २०७४

    चितवन : चितवनको नारायणगढ–मुग्लिक सडकखण्ड अन्तर्गत सेती दोभानमा रहेको ढुंगो पन्छाउने काम नसकिंदा अझै यातायात सञ्चालनमा आउन सकेको छैन। नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार शनिबार विहान १० बजेदेखि सवारी रोकेर ढुंगा पन्छाउने काम थालिएको भएपनि काम नसकिएकाले ५ बजे सडक खुलाउन नसकिएको हो। 

    ‘हामीले १० देखि ५ बजेसम्ममा ढुंगो फ्याँकी सक्छौं भन्ने लागेको थियो, तर अझै काम सकिएन, लगभग ७ बजेसम्ममा सक्ने लक्ष्य छ’ आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले भने। सार्वजनिक सूचना नै जारी गरी अयाोजनाले शनिबार १० बजेदेखि ५ बजेसम्म गाडी रोकेर ढुंगो पन्छाउने जनाएको थियो। तर साँझ ४ः४५ बजे ढुंगोलाई भित्तोबाट बल्ल सडकमा झारिएकाले अहिले फुटाउने काम सुरु भएको खनालको भनाइ छ। 

    अब साढे ६ देखि सात बजेभित्रमा ढुंगो फालिसक्ने तयारी गरिएको खनालले बताए। निर्धारित समयमा चट्टान पन्छाउने काम नसकिंदा सयौं सवारीहरु बीच सडकमै रोकिएका छन्। आइतबारदेखि भने कालोपत्रे गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा बीच–बीचमा सडक रोक्दै काम अघि बढाइने छ। 

    आइतबारबाट एकहप्ता परिक्षण स्वरुप विहान ७ बजेदेखि ८ः३०, बजे ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए। सो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिव ७०० मिटरमा भित्तो काट्ने काम बाँकी छ। यहाँको झण्डै १० किलोमिटर क्षेत्रमा भने पहिलो तहको कालोपत्रे सकिएको छ। दुई बर्षदेखि यहाँ सडक चौडापार्ने काम शुरु गरिएको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]