खेलकुद

दमकमा 'मिनी म्याराथन' हुने, दौडिनेछन् कीर्तिमानी धावक बैकुण्ठ

कात्तिक २६, २०७४

    दमक (झापा): दमकमा आगामी मंसिर ९ गते  ‘मिनी म्याराथन’ हुने भएको छ। १५ किलोमिटर दूरीको दौड आयोजना गर्न लागेको आयोजक दमक रनले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

    मिनी म्याराथनको मुख्य आकर्षण कीर्तिमानी धावक बैकुण्ठ मानन्धर रहने छन्। मानन्धरले पनि दौडिएर सहभागीहरुको मनोबल बढाउने दमक रनका कार्यवाहक अध्यक्ष दिवस राईले जानकारी दिए। मिनी म्याराथनमा खुल्ला पुरुषतर्फ ५०, ३० र २० हजार तथा खुल्ला महिलातर्फ ४०, २५ र १५ हजार रुपैयाँ क्रमशः पहिलो, दोस्रो र तेस्रोले पुरस्कार पाउनेछन्। 

    यस्तै पहिलो, दोस्रो र तेस्रोलाई सात देखि १२ वर्षको पाँच किलोमिटर दौडमा सात, पाँच र तीन,  १३ देखि १६ वर्षको खुल्ला १५ किलोमिटर दौडमा १५, १० र पाँच तथा खुल्ला भेट्रान १५ किलोमिटरमा मा ७, ५ र ३ हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ। ४५ वर्ष माथिको सुपरभेट्रान १५ किलोमिटरमा भने ७, ५ र ३ हजार रुपैयाँको व्यवस्था गरिएको छ। 

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि दौडको महत्त्व बुझाउने उद्देश्यले धावकहरुलाई संगठित गर्न दमक रन स्थापना गरिएको कार्यवाहक अध्यक्ष राईले बताएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]