साहित्य

'ईश्वरलाई चिठी' विमोचन, रचना वाचन गर्ने श्रष्टालाई रोयल्टी प्रदान

कात्तिक २६, २०७४

    काठमाडौं : छन्द कवि मनोज भण्डारीको कविता संग्रह ‘ईश्वरलाई चिठी’ सार्वजनिक भएको छ।

    रचनावाचन समूहले प्रकाशन गरेको ‘ईश्वरलाई चिठी’ कविता संग्रह सर्वनाम थिएटरमा सार्वजनिक भएको हो।

    भण्डारीको कविता संग्रह ‘ईश्वरलाई चिठी’ को दर्शकदिर्घामा रहेका व्यक्तित्वहरु र अतिथिहरुले एक साथ विमोचन गरेका थिए।

    छन्द कवि रमेश खकुरेलले कवि मनोज भण्डारीको यो ‘ईश्वरलाई चिठी’ कविता संग्रहले नेपाली छन्द कवितामा एक खुड्किलो उकालेको दावी गरे। कवि खकुरेलले कार्यक्रममा एक वर्ष अगाडि प्रकाशन भएको कमल संघर्षको ‘सडक’ गजल संग्रहको रोयल्टी वाफतको ५० हजारको चेक हस्तारण गर्दै ठट्यौली पारामा आफुले हालसम्म कुनै पनि संग्रह वापतको रोयल्टी नपाएको बताए।

    त्यस्तै छन्द कवि डा. रामप्रसाद ज्ञवालीले मनोजको कवितामा देश, जीवन दर्शन भेटिने गरेको र छन्द कवितामा वाचन कला आवश्यक रहेको बताए। लेखन र वाचनमा कवि भण्डारी अब्बल रहेको उनले दावी पनि गरे।

    रोयल्टी बुझ्दै कार्यक्रमका अर्का वक्ता डा. देवी नेपालले पछिल्लो समय रचनावाचन मार्फत कविहरुले रोयल्टी पाउन थाल्नुले अब कविहरु बाँच्न सक्ने आधार सुनिश्चित हुँदै गएको बताए।

    कवि अर्जुन पराजुली, बलराम दाहाल, बुनु लामिछाने, देवी नेपाल, ज्ञानुवाकर पौडेल, जय गौडेल, कमल संघर्ष, माधव खतिवडा, मनोज भण्डारी, नवराज पराजुली, राम अविरल विष्ट, सुदेश सत्याल लगायतले युट्युबमा आफ्ना रचना वापतको रोयल्टी वितरण गरिएको थियो।

    सबैका रचना सबै माझ पुर्‍याउने उद्देश्यका साथ रचनावाचन समूह लागि परिपरेको रचनावाचनका अभियन्ता सुरेश सुवेदीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]