विश्व

विद्यार्थीसँग ‘सवैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव

मंसिर २९, २०७४

    भारतको राजधानीमा रहेको एउटा चिडियाखानाको ‘सवैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव मनाइएको छ।

    रिता नामको चिम्पान्जी यही डिसेम्बर १५ देखि ५८ बर्ष लागेको र उनी नै सवैभन्दा बृद्ध भएको चिडियाखानाले जनाएको छ।

    दिल्ली चिडियाखानामा राखिएकी उनको जन्मोत्सव समारोहमा केक, फलफुल र मह खुवाइएको थियो।

    जन्मोत्सव मनाउनका लागि विद्यालयका बालबालिकाहरुलाई पनि बोलाइएको चिडियाखानाका निर्देशक रेनु सिंहले बताइन्।

    यो चिडियाखानामा यसरी जन्मोत्सव मनाइएको पहिलो पटक होइन। यहीँ वर्षको जुलाईमा विजय नामक सेतो बाघको दशौं जन्मोत्सव मनाइएको थियो।

    रिता नामक चिम्पान्जी सन् १९६४ मा नेदरल्याण्डमा जन्मेकी हुन्। उनलाई चार वर्षको उमेरमा भारत ल्याइएको थियो।

    उनले धेरै समय दिल्ली चिडियाखानामा बिताएकी छिन्। चिम्पान्जीको औषत आयु ४० बर्ष भएपनि त्यो भन्दा धेरै लामो उमेर सम्म उनी बाँचेकी हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]