अर्थ

संक्रमणकालको अन्त्य गरेको भन्दै प्रधानमन्त्रीलाई व्यवसायीले दिए बधाई

मंसिर २९, २०७४

    काठमाडौं: प्रदेश तथा प्रतिनिधिसभाको चुनाव गरी देशमा संक्रमणकालको अन्त्य गरेको भन्दै ग्रील तथा स्टील व्यवासायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। शुक्रबार ग्रील तथा स्टी व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालको संयोजकत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ताम्रापत्र सहित बधाई दिएको हो।

    लामो समयदेखि राजनीतिक अस्थिरता बढेको र संक्रमण कालको कारण आर्थिक क्रियाकलाप छाँया परेको अवास्थामा तीन वटै तहको चुनाव सम्पन्न गरेको भन्दै महासंघले बधाई ज्ञापन गरेको हो।

    महासंघका अध्यक्ष मोहन कटुवालले देशमा निर्वाचन होला नहोला भन्ने शंका रहिरहेको अवस्थामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्नसँगै सगै संक्रमण कालको अन्त्य भएको देश आर्थिक विकासमा अघि बढेको बताए। उनले अबको संसदमा कांग्रेस दोस्रो ठूलो दल भएको हुँदा सरकार बाहिर रहदा वा सरकार चलाउँदा समग्र देशको आर्थिक विकासमा रचनात्मक काम गर्नको लागि आग्रह गरे। 'संक्रमण काल लम्बिदै जादा लामो सयम देखि देशमा उद्योग ब्यावसायले गति लिन नसकेको अवस्थामा अहज अवस्था आएको छ' अध्यक्ष कटुवालले भने।

    प्रधानमन्त्री देउवाले आफू र आफ्नो पार्टी सधै लोकतन्त्रमा विश्‍वास राख्ने भएकोले चुनाव पछि आएको जनमतको कदर गर्ने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]