राजनीति : निर्वाचन २०७४

दाङमा ६२ उम्मेदवारको जमानत जफत

मंसिर २९, २०७४

    दाङः दाङमा मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६२ जना उम्मेदवारको जमानत जफत भएको छ।

    जिल्लामा जमानत बचाउन सफल हुनेहरूमा मुख्य ठूला पार्टीहरू नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेस रहेका छन्। अन्य दलहरूका प्रतिनिधिसभातर्फका २४ र प्रदेशसभातर्फका ३८ जना उम्मेदवारको जमानत जफत भएको हो। 

    सम्बन्धित क्षेत्रमा खसेको कूल सदर मतको १० प्रतिशत मत उम्मेदवारले प्राप्त गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। तर दाङका ८१ जना उम्मेदवारमध्ये ६२ उम्मेदवारले १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उम्मेदवारी दर्ता गर्दा बुझाएको जमानत रकम जफत भएको हो। 

    निर्वाचन क्षेत्र नम्बर– १ मा नौ जनाले जमानत गुमाएका छन् भने क्षेत्र नम्बर– २ मा सात र ३ नम्बर क्षेत्रमा आठ जनाले आवश्यक मत ल्याउन नसक्दा जमानत गुमाउनुपरेको हो। 

    त्यसैगरी तीनवटै प्रदेशसभातर्फका ३८ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ। प्रतिनिधिसभातर्फ दुई लाख २५ हजार रुपैयाँ र प्रदेशसभातर्फ एक लाख ७२ हजार ५०० रुपैयाँ जफत भएको छ। 

    जमानत जफत हुने दलहरूमा राष्ट्रिय जनमोर्चा, नेकपा माले, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाली कांग्रेस वीपी समूह, मंगोलियन नेशनल अर्गनाइजेसनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरू रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]