राजनीति

सहमतिविना प्रदेश प्रमुख नियुक्त नगर्न प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

पुस १, २०७४

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार विहान भेटवार्ता भएको छ।

    प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखलगायतका कुनै पनि नियुक्ति राजनीतिक सहमति बिना नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

    निर्वाचनले नयाँ जनादेश दिएको सन्दर्भमा महत्वपूर्ण निर्णय र नियुक्ति नगर्न प्रचण्डले प्रधानमन्त्री देउवालाई आग्रह गरेका प्रचण्डको सचिवालयले जनाएको छ। उनले अत्यावश्यक निर्णय गर्नु परेमा राजनीतिक सहमतिमा गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरेका सचिवालयको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]