राजनीति

कालिकोटबाट पराजित कांग्रेस उम्मेदवार शाहीले भने : राजनीतिमा स्थायी हार र स्थायी जित हुदैन

पुस १, २०७४

    कालिकोट :  नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले दुई पटकसम्म चुनावमा  पराजित भए पनि राजनीतिबाटै भने पराजित नभएको बताएका छन्। शनिबार पत्रकारहरुसँग कुरा गर्दै शाहीले कालिकोटका साढे १६ हजार मतदाताले मत दिएर राजनीतिमा थप हौसला प्रदान गरेको बताएका हुन्।

    शाही २०७० को संविधानसभाको निर्वाचन र हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारसँग पराजय व्यहोरेका थिए। ‘२०७० मा भन्दा अहिले दोव्बर मतदाताले मत दिएका छन्’ उनले भने,‘राजनीतिमा स्थायी हार र स्थायी जित नहुने भएकाले पराजयलाई स्वभाविक रुपमा लिएको छु।’

    अबको ५ वर्षसम्म जिल्लामा सडक, विद्युत, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विकासका महत्वपूर्ण पूर्वाधारमा नागरिकको प्रत्यक्ष पहुँच पुर्‍याउन राज्यका निकायलाई ध्यानाकर्षण गराउन पहल गर्ने शाहीले बताए। ‘स्थानीय तहको निर्वाचन भएपछि विकासको गति झनै सुस्ताएकाले अब गाउँ—गाउँमा अनुगमन गरेर खबदारी गर्नेछु’ उनले भने,‘सिंहदरबार गाउँमा आए पनि जनताले सेवा पाएको महसुस नगरेकाले स्थानीय निकायकाले जिम्मेवार भएर काम गर्नुपर्नेछ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]