समाज

अत्यधिक चिसो र हुस्सुले मध्य तराईको जनजीवन प्रभावित

पुस २, २०७४

    वीरगञ्ज : केही दिनयता बढेको अत्यधिक चिसोले पर्सा, बारा, रौतहट लगायत मध्य तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ। बिहानदेखि बेलुकासम्म चल्ने बाक्लो हुस्सु र चिसोका कारण विद्यालयहरुमा पठनपाठन प्रभावित भएको छ, वृद्धवृद्धाहरु घरबाट बाहिर निस्किन मुस्किल भएको छ।

    चिसोका कारण व्यापारसमेत प्रभावित भएको वीरगञ्ज माइस्थानका कपडा व्यापारी मोहन कलवार बताउँछन्। बाक्लो हुस्सु र चिसोका कारण खास गरेर गरीब, दलित र विपन्न बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन्।

    चिसोका कारण बिरामीको संख्यामा वृद्धि भएपछि नारायणी उप–क्षेत्रीय अस्पताल र ग्रामीण भेगका रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वस्थाय कार्यालय पर्साका प्रमुख राजकिशोर पण्डितले बताए।

    अचानक बढेको चिसोका कारण विशेष गरी बालबालिका र वृद्घवृद्घाहरु प्रत्यक्ष मारमा पर्ने भएकाले बाक्लो कपडा लगाउन र घरबाहिर ननिस्किन सल्लाह नारायणी उपक्षेत्रीय अस्पतालका डा. अतुलेस चौरसियाले दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]