राजनीति

सरकार निर्माण र पार्टी एकताबारे ओली र प्रचण्ड संयुक्त पत्रकार सम्मेलन गर्दै

पुस २, २०७४

    काठमाडौं : वाम गठबन्धनका मुख्य दुई पार्टीका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन र पार्टी एकताबारे गठबन्धनको धारणा सार्वजनिक गर्ने भएका छन्।

    आइतबार दिउँसो तीन बजे दुवै नेताले होटल अन्नपूर्णमा संयुक्त पत्रकार सम्मेलन गरेर विकसित परिस्थितिबारे गठबन्धनको धारणा स्पष्ट पार्न लागेका हुन्।

    प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनलाई जनताले दिएको मतप्रति धन्यवाद दिने र सरकार गठनलगायत पार्टी एकताबारे धारणा सार्वजनिक गर्ने माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

    त्यस्तै, राष्ट्रियसभा गठनबारे सरकारको नेतृत्व गरेको राजनीतिक दल नेपाली कांग्रेसले लिएको अडान र गठन प्रक्रियाबारे गठबन्धनको धारणा सार्वजनिक गर्ने पत्रकार सम्मेलनको विषय रहेको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]