खेलकुद

भारत विरुद्धको खेलबाट टेस्टमा डेब्यु गर्दै अफगानिस्तान

माघ ३, २०७४

    अफगानिस्तान क्रिकेट टिमले भारत विरुद्धको खेलबाट टेस्ट क्रिकेटमा डेब्यु गर्ने भएको छ। अफगानिस्तानले पहिलो खेल भारतविरुद्ध बैंगलोरमा १४ देखि १८ जुनसम्म खेल्ने तय भएको बिसिसीआईले जनाएको छ।

    बिसिसीआई र अफगानिस्तान क्रिकेट बोर्डको बैठकले टेस्टको मिति र स्थान तय गरेसँगै अफगानिस्तानले औपचारिक रूपमा टेस्टमा डेब्यु गर्दै छ। भारतले अफगानिस्तानलाई टेस्टका लागि आफैँ अघि बढेर प्रस्ताव गरेको बताएको छ।

    अफगानिस्तानले गतवर्ष आयरल्यान्डसँगै टेस्ट राष्ट्रको मान्यता पाएको थियो । टेस्ट राष्ट्रको मान्यता पाएसँगै यी दुवै राष्ट्र आइसिसीको पूर्णकालीन सदस्य बनेका थिए। अफगानिस्तान टिमले एकदिवसीय र टी–२० क्रिकेटमा निरन्तर राम्रो प्रदर्शन गर्दै आएको छ। आइसिसी वरीयतामा अफगानिस्तान टेस्टतर्फ शीर्ष १० टिममा रहेको छ। टी-२० मा नवौँ नम्बरमा अफगानिस्तान रहेको छ। एकदिवसीयमा भने ११औँ नम्बरमा रहेको छ।

    २०१८ को आइपिएलपछि भारतका लागि यो पहिलो टेस्ट खेल हुनेछ। पछिल्लो समय अफगानिस्तानको राम्रो लयका कारण आफूहरू प्रभावित भएको बिसिसीआईले जनाएको छ। अफगानिस्तान विरुद्धको टेस्टपछि भारतले दुई खेल टी-२० आयरल्यान्ड र इंगल्यान्डविरुद्ध प्रतिस्‍पर्धा गर्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]