समाज

स्थानीय बासिन्दााद्वारा गाउँपालिका अधिकृतमाथि हातपात

जेठ ३, २०७५

    हुम्ला : सडक निर्माण कै क्रममा जग्गाको पर्खाल भत्काएको भन्दै सिमकाेट गाउँपालिका ३ को गाउँपालिका कार्यकारी अधिकृत अर्जुन दर्जीमाथि स्थानीयले हातपात गरेका छन्। सिमकाेटदेखि बुराउँसे सम्मको सडक खन्ने क्रममा केही स्थानीयको जग्गामा लगाएको पर्खाल भत्काएपछि क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विरोध प्रदर्शन गरिरहेका स्थानीयले हातपात गरेका हुन्।  

    सिमकोट गाउँको लाधेवडा हुँदै हुमाने खोेला, बुराउँसे गाउँ हुँदै पन्चमुखी खोला सम्मको सडक निर्माण भइरहेको वेला स्थानीय बासिन्दाको खेतबारीमा सुरक्षाको लागि लगाएको घेरबार भत्किएपछि घेरबारको लागि पैसा थपिदिनु पर्‍यो भन्दै गाउँपालिकासँग माग गरेको बुराउँसे निवासी राजबहादुर लामाले बताए। तर गाउँपालिकाका कार्यकारी अधिकृत अर्जुन दर्जीले सडक निर्माणका क्रममा अवरोध गर्नु हुन्न र यो आर्थिक वर्ष रकम नभएकोले आगामी वर्षकालागि अगाडि बढाउँन सकिने समेत आशा व्यक्त गरेको बताए।  

    बुराउँसे निवासीको भनाई उल्टै हामीमाथि  गाउँमा  जाने शिक्षकको तलब, सामाजिक सुरक्षा भत्ता लगायतका वडा पालिकामा जाने सुविधा समेत रोक्का गर्ने धम्की दिएको भन्दै विरोध प्रदर्शन गरेको स्थानीय बासिन्दा फुन्जोक लामाले बताए। सिमकाेटदेखि तोर्पासम्म ५ किलोमिटर पर्यटकीय मार्ग निर्माणमा यस वर्ष २ किलोमिटर बाटो खन्ने कार्य भइरहेको समेत सिमकाेट गाउँपालिकाका कार्यकारी अधिकृत दर्जीले बताए।

    दर्जीको अनुसार यो आर्थिक वर्ष २०७४/०७५ सालका लागि ७७ लाखा रकम विनियोजित गरेको बताए। आफूले स्थानीय बासिन्दालाई धम्की नदिएको तर सडक निर्माणमा सबै लाग्नुपर्ने आग्रह गरेको बताए। तर आफूमाथि एक दुईजना स्थानीय बासिन्दाले आफूमाथि हातपात गरेको खुलासा गरे। सडक निर्माणका क्रममा जग्गामा लगाएको घेरबार भत्किाएको क्षतिपूर्तिको लागि रकम ४० हजार माग गरेका थिए। तर सडक खन्दा जग्गामा लगाएको घेरबार डोजरले धेरै भत्काएपछि अहिले आएर बढी रकम माग गरेको र यस पटक गाउँपालिकाले दिन नसक्ने भएको भन्दै गाउँपालिका अधिकृत दर्जीले बताए। 

    सडक निर्माणमा भएको विवादपछि सिमकाेट गाउँपालिकामा सर्वपक्षीय बैठक बसी सडक निर्माण कार्यलाई निरन्तरता दिने पनि बताए। स्थानीय बासिन्दाले लगाएको तारबारलाई गाउँपालिकाको बैठक बसेर क्षतिपूर्ति दिने निर्णय भएको छ। 


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]