समाज : सुरक्षा/अपराध

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

जेठ ४, २०७५

    लहान : सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका १ बनिनियाँमा एक दलित युवकको हत्या भएको अवस्थामा शव भेटिएको छ। 

    कल्याणपुर नगरपालिका १ धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा स्थानीय २२ वर्षीय उमेश सदाको शव भेटएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।

    सदाको घाँटीमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ। प्रहरीका अनुसार मृतक सदाको शव अर्नमा बनिनियाँको लोहजारा खोला किनारमा भेटिएको हो। सदा वैदेशिक रोजगारीबाट एक वर्ष पहिले फर्किएको पारिवारिक श्रोतले जनाएको छ। घरबाट बुधबार साँझदेखि बेपता भएका सदाको शव बिहीबार साँझ खेतबाट काम गरेर घर फर्किएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ।

    प्रहरीले शव पोस्टमार्टमका लागि बिहीबार साँझ नै जिल्ला अस्पताल सिरहा लगिएको छ। घटना सम्बन्धमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता राजन भेटवालले बताए।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]