समाज

माग पूरा नभए राहत शिक्षकले आन्दोलन गर्ने

जेठ ५, २०७५

    ओखलढुंगा : ओखलढुंगा जिल्लामा कार्यरत राहत शिक्षकले आन्दोलन थालेका छन्। स्थानीय सरकार समक्ष विभिन्न माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन्। राज्यले शिक्षण पेशामा दरबन्दीका शिक्षक सरह योगदान गरेका राहत शिक्षहरुलाई सेवा सुविधामा विभेद गरेका भन्दै आन्दोलन थालेका हुन्। 

    माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने तयारी गरेको राहत शिक्षक जिल्ला समितिका अध्यक्ष तोयानाथ काफ्लेले बताए। ‘राहत शिक्षककै भरमा विद्यालय चलेका छन् तर उनिहरुलाई नै राज्यले उपेक्षा गरेकाले हामी आन्दोलन गर्न बाध्य भएका हौैं’ अध्यक्ष काफ्लेले भने ‘पटक पटकका आन्दोलन र मागहरु केन्द्रिय सरकारले वास्ता गरेन त्यसैले स्थानीय सरकार मार्फत समाधानको आशा गरेका छौं ।’ उनका अनुसार ओखलढुंगामा आधारभूत तहमा ४ सय र माध्यमिक तहका ९४ गरी ४ सय ९४ जना राहत शिक्षक कार्यरत छन् ।   

    जिल्लाका स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउँदै राहत शिक्षक जिल्ला समितिले स्थानीय तहमा बनाइने शिक्षा नीतिमा सहभागिता सुश्निचित गर्न, सरकारी अनुदानमा नियुक्त सबै शिक्षकको सरुवा हुनुपर्ने, योग्यता पुगेका राहत शिक्षकलाई प्रधानाध्यापक बन्न पाउनु पर्ने माग गरेका छन् । त्यस्तै राहत शिक्षकलाई विषय विज्ञ हुन पाउनु पर्ने, राहत शिक्षकको पेशागत सुरक्षा हुन पर्ने लगायतका मागसहित ओखलढुंगाका एक नगरपालिकासहित आठ स्थानीय तहमा शुक्रबार ज्ञापन पत्र बुझाएका छन् । 

    सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङलज्ञापन पत्र बुझ्दैे कार्यपालिकाको आगामी बैठकमा राहत शिक्षकका सवालमा पनि छलफल गर्ने बताईन् । राज्यले गरेको भनिएको विभेदका विषयमा आफुहरुले आवाज उठाउने उनले प्रतिवद्धता जनाइन्। ज्ञापन पत्र बुझाउन नगरक्षेत्रका राहत शिक्षकहरु सदरमुकाममा भेला भएका थिए। भन जिल्लाका सबै स्गानीय तहमा शुक्रबार नै ज्ञापन पत्र बुझाईएको शिक्षक नेता काफलेले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]