राजनीति

नेपाली कम्युनिष्ट एकताप्रति अन्तर्राष्ट्रिय कम्युनिष्टहरू अति उत्साहित : वरिष्ठ नेता नेपाल

जेठ २९, २०७५

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा भएको कम्युनिष्ट एकताप्रति अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरू अति उत्साही रहेको बताएका छन्।

    नेता नेपालले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विश्वका सबै कम्युनिष्ट पार्टीहरू अत्यन्त उत्साही रहेको आफूले पाएको बताएका छन्। ब्राजिलमा आयोजित इन्टरनेशनल पिपुल्स एसेम्लीमा भाग लिएर मंगलबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ विश्वका सबै कम्युनिष्ट पार्टीहरू नेपालको कम्युनिष्ट पार्टीले पाएको सफलताबाट उत्साही रहेको पाइएको प्रतिक्रिया दिए।

    त्यसक्रममा नेपालमा माक्र्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एशीयन स्कूल स्थापनाका लागि वरिष्ठ नेता नेपाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ब्राजिलस्थित फ्लोरेस्टन फर्नान्डेज नेशनल स्कुलको पनि अवलोकन गरेको जानकारी दिए। स्कुलको प्रशिक्षण कार्यक्रममा समेत सहभागी भएर शिक्षण सिकाईका अनुभव पनि ग्रहण गरिएको वरिष्ठ नेता नेपालले जानकारी दिए

    नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताका विषयमा पनि अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरूसँग छलफल गरिएको बताए। उनले नेपाल कम्युनिष्ट पार्टीको सफलताका कारणबारे विश्वका सबै कम्युनिष्ट पार्टीहरूले गहिरो चासो व्यक्त गरेको पाएको बताए।

    दुवै नेताले ब्राजिल बसाईँका क्रममा त्यहाँका सांसदहरूसँग पनि सामूहिक भेटगरी द्धिपक्षीय हितका विषयमा पनि छलफल गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]