समाज : सुरक्षा/अपराध

चिठ्ठा पर्‍यो भनी ठगी गर्ने चार युवा पक्राउ

जेठ २९, २०७५

    वीरगन्ज : सामाजिक सञ्जाल प्रयोग गरी तपाईंलाई बम्पर लट्री (चिठ्ठा) प¥यो भनी सर्वसाधारणलाई झुक्याउँदै ठगी गर्नेमध्येका चार अभियुक्तलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। फोन र म्यासेजबाट समेत २५ देखि ३५ लाखसम्म बम्पर चिठ्ठा तपाईंले जित्नुभयो भनी बधाई दिने र पछि करबापतको रकम भनी ठगी गर्नेमध्येका चार अभियुक्तलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

    गएको २०७४ मंसिर १४ गतेदेखि हालसम्म पर्सा प्रहरीले नियन्त्रणमा लिएका यस्तै  मुद्दाका अभियुक्तमध्ये योपटक पक्राउ पर्नेमा भने सबै नेपाली मात्र भएको प्रहरीले जनाएको छ। योभन्दा पहिले पर्सा प्रहरीले नियन्त्रणमा लिएका २७ अभियुक्तमध्ये ९ जना भारतीय परेका थिए।

    योपटक पक्राउ परेका अभियुक्तहरु कुनै भारतीय नभए पनि यिनीहरुको नेटवर्क भारतीय र पाकिस्तानीसँग जोडिएको फेला पर्‍यो पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने। ठगीको अपराधकर्ममा लाग्नेहरुले चिठ्ठा पर्‍यो भनी बधाई दिएपछि भने परिचय खुल्ने कागजपत्र र बैंक खाता नम्बर पनि लिने गरेको देखियो। यसपछि चिठ्ठाबापतको कर तिर्नु पर्ने भनी आइएमई र विभिन्न बैंकमार्फत पैसा पठाउन लगाउने गरेको खुलासा भएको छ प्रहरी उपरीक्षक ढकालले बताए।

    सोमबार पनि वीरगन्जमा विभिन्न आइएमई र एटिएमबाट यस्तै सर्वसाधारणलाई चिठ्ठा प¥यो भनी ठगी गर्नेले रकम निकाल्न लागेका छन् भन्ने सूचना पाएपछि विभिन्न ठाउँमा निगरानी राख्ने क्रममा फेरि चार अभियुक्त फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

    पर्सा प्रहरीले सार्वजनिक गरेका अभियुक्तहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बस्ने बर्ष २२ को वीरनारायण चौरसिया वडा नम्बर १८ बस्ने वर्ष १८ को अक्षयकुमार चौरसिया, वडा नम्बर १६ बस्ने बर्ष १८ को युवराज पासवान र महानगरपालिका वडा नम्बर २ को वर्ष २२ को राहुल कुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख समेत रहेका प्रहरी उपरिक्षक ढकालले बताए।

    उनीहरुलाई वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडिहारी स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल नजिक रहेको गढिमाई मनी ट्रान्सफरबाट पैसा झिकेर अगाडी बढ्न थाल्दा चेकजाँच गरी स्रोत नखुलेरको १ लाख ५ हजार नगद, ४ वटा मोवाइल, आइएमईका ७ थान भौचर, विभिन्न बैंकका चेक र एटिएमहरूसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरी नियन्त्रणमा पर्नेहरु मध्ये वीरनारायणले पटक­पटक भारत र पाकिस्तानका मुख्य अभियुक्तहरुसँग सम्पर्क गरी निजहरुले भने अनुसार ठगी गरी संकलन गरेको  रकम भारतको रक्सौलबाट उनीहरुले दिएको खातामा जम्मा गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक ढकालले बताए।

    २०७४ मंसिर ८ गते यता पर्सा प्रहरीले यस्तै ठगी मुद्दामा नियन्त्रणमा लिएका २७ जना अभियुक्त मध्ये १२ जना पूर्वक्षका लागि पर्सा जिल्ला अदालतबाट कारागार चलान भइसकेका छन्।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]