राजनीति

प्रदेश सातको नीति तथा कार्यक्रम पारित

जेठ २९, २०७५

    धनगढी : प्रदेश ७ को नीति तथा कार्यक्रम पारित भएको छ। शनिबार प्रदेश प्रमुख मोहनराज मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको प्रदेश सभाले पारित गरेको हो। 

    शनिबार प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि आइतबार, सोमबार र मंगलबार प्रदेश सभामा सांसदहरूले धारण राखेका थिए।  धारणा राख्ने अधिकांशले नीति तथा कार्यक्रमको स्वागत गरेका थिए। ‘आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमले प्रदेशको समृद्धिलाई अंकित गरेको छ।’ नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक तारालामा तामाङले बताए। उनले नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका थिए। 

    नीति तथा कार्यक्रममाथिको छलफलको तेस्रो दिन नेकपाका सचेतक अक्कल रावलले नीति तथा कार्यक्रम प्रदेशको समृद्धिको आधार भएको बताए। ‘आर्थिक वर्ष २०७५/०७६ को आशिंक बजेटका लागि आएको नीति तथा कार्यक्रम र लगत्तै आगामी आर्थिक वर्षका लागि आएको नीति तथा कार्यक्रम विकासको कोशेढुंगा हुनेछ,’ रावलले भने। तामाङ र रावलसँगै मंगलबार चुनकुमारी चौधरी, अर्चना गहतराजले समेत धारणा राखेका थिए।

    तीन दिनसम्म नीति तथा कार्यक्रमाथि ४० जना प्रदेश सभा सदस्यहरूले धारण राखेका थिए। प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नहरूकाबारे मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले जवाफ दिएका हुन्। बुँदागत रुपमै मुख्यमन्त्री भट्ट भने, ‘नीति तथा कार्यक्रमले सरकारको गतिलाई बढाउने बिश्वास लिएका छौं।’ संघीय संरचनापछि पहिलो पटक ल्याइएको नीति तथा कार्यक्रमै टेकेर आगामी असार १ गते प्रदेशको बजेट आउँदै गरेको समेत मुख्यमन्त्री भट्टले जानकारी गराएका थिए। ‘साइकलको गतिमा रहेको प्रदेश सरकार अब मोटरको गतिले अघि बढ्ने छ’ मुख्यमन्त्री भट्टले भने।

    मंगलबारको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले गाउँसभा र नगरसभाको कार्य संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए। प्रदेश ७ को अर्काे बैठक आगामी असार १ गते दिउँसो ३ बजे आह्वान गरिएको छ। सरकारले सेही दिन आगामी आर्थिक वर्षको लागि करिब २६ अर्बको बजेट ल्याउँदैछ। 


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]