समाज

विद्यार्थीले गरे ढुंगेधारा सफाई

असार ५, २०७५

    भक्तपुर :  सिथि नखः पर्वको अवसरमा मंगलवार विद्यालयका बालबालिकाहरुले ब्रम्हायणी गाः हिटीले परिचित आशापूर्ण हिटीको सरसफाई गरेका छन्। वि.सं.२०७२ सालको भूकम्पपछि गोल्मढीस्थित चोर्चाबाट ब्रम्हायणी पीठमा स्थानान्तरण भएको श्री सिद्धि शारदा आधारभूत विद्यालयका कक्षा ३ का बालबालिकाले ब्रम्हायणी गाः हिटी र हिटीको परिसरमा सरसफाई गरेका हुन्।

    विद्यार्थीलाई सम्पदाको महत्वका बारेमा ज्ञान दिनुका साथै सिथि नखः पर्वको साँस्कृतिक, वातावरणीय तथा धार्मिक एवं ऐतिहासिक महत्वका बारेमा जानकारी दिने उद्देश्यले सिथि नखः पर्वको दिन पारेर प्राचीन ढुंगेधारा  र धाराको परिसर सरसफाई गरिएको विद्यालयका प्रधानाध्यापक धनेशराज राजोपाध्यायले बताए। सो अवसरमा भक्तपुर नगरपालिका ९ का वडासदस्य ईन्द्रबहादुर प्याथ, ब्रम्हायणी महिला टोल पढाई समूहका सदस्य सरस्वती धन्छालगायतको समेत सहभागिता रहेको थियो।

    भक्तपुर नगरपालिकाको ‘एक विद्यालय एक सम्पदा’ सरसफाई अभियानअन्तर्गत सो विद्यालयले ब्रम्हायणी पीठ र सो क्षेत्रका सम्पदाहरूको सरसफाई गर्दै आइरहेको प्रधानाध्यापक राजोपाध्यायले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]