खेलकुद : विश्वकप फुटबल २०१८

पोर्चुगलको भाग्य मोरक्कोको खेलमा

असार ६, २०७५

    खेल समय:- ५:४५

    मैदान:- लुज्जनीकी

    दर्शक क्षमता:-८० हजार

    विश्वकप फुटबलमा पोर्चुगल समुहको दोस्रो खेलमा बुधबार मोरक्को विरुद्ध प्रतिष्पर्धा गर्दे छ। प्रतियोगिताको पहिलो खेलमा स्पेनलाई सनसनिपुर्ण बराबरीमा रोकेको पोर्चुगलका लागि अब मोरक्को बाधक बन्ने खतरा छ।

    समुह ‘बि’ मा रहेको पोर्चुगलका लागि नकआउट चरणमा स्थान बनाउन मोरक्कोसँगको खेल निकै मह्त्वपुर्ण हुने छ। दुबै टिम रसियामा पहिलो जितको खोजिमा हुँदा खेल रोमाञ्चक बन्ने पक्का छ। स्टार स्ट्राइकर रोनाल्डोले आफ्नो पहिलो खेलमै धमाकेदार इन्ट्री गरे। स्पेन विरुद्ध ह्याट्रिक गरेका रोनाल्डो सोहि लयलाई निरन्तरता दिने ध्याउनमा हुने छन्। तर मोरक्कोका लागि भने यात्रा सहज छैन्। पहिलो खेलमा इरानसँग अन्तिम समयमा पराजित भएकाले नकआउट सम्भावनालाई कायमै राख्नपनि पोर्चुगल विरुद्ध जित अत्यावश्क रहेको छ।

    पोर्चुगल आफ्नो उदघाटन खेलमा विश्व च्याम्पियन रहिसकेको स्पेन विरुद्ध ३ गोल गर्दा सबै रोनाल्डोले सम्भव बनाएका थिए। त्यसैलेपनि पोर्चुगलका आफ्ना स्टार खेलाडीको विश्वासमा हुने छ। जारी विश्वकपमा कमजोर सोचिएका टिमको सनसनिपुर्ण प्रदर्शन पोर्चुगल विरुद्ध नदोरिएला भन्न सकिन्न त्यसैलेपनि पोर्चुगल निकै सचेत छ। अफ्रिकन टिम विरुद्ध पोर्चुगलले विश्वकप सुरु हुनु अघि अल्जेरिया विरुद्ध प्रतिष्पर्धा गरेको थियो। जसमा पोर्चुगल ३-० ले विजयी भएकाले केहि सहज महसुस गरेको छ।

    मोरक्कोले १२ महिना अघिबाट कायम गरेको अपराजित यात्रलाई इरानले अक्तिरिक्त समयमा अन्त गर्दिएको थियो तर उसले इरान विरुद्धको खेलमा अधिकासं समय खेल आफ्नो पकडमा पारेकाले पोर्चुगललाई कठिन बनाउन सक्ने सम्भावना छ। सममा पोर्चुगल र मोरक्को दोस्रो पटक एक अर्का विरुद्ध प्रतिष्पर्धा गर्दे छन्। यि दुई विच १९८६ मा विश्वकपको दौराननै पहिलो स्पर्धा भएको थियो। जहाँ मोरक्कोले ३-१ ले खेल आफ्नो पक्षमा पार्दै समुहचरणबाट पोर्चुगललाई घर पठाएको थियो।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]