खेलकुद : विश्वकप फुटबल २०१८

अन्तिम खेलअगावै छनोटको लक्ष्यमा डेनमार्क

असार ७, २०७५

    युरोपियन सहभागी डेनमार्क प्रतियोगितामा समूहचरणको दोस्रो खेलमा अस्ट्रेलियाविरुद्ध प्रतिस्‍पर्धा गर्दै छ। समूह ‘सी’ अन्तर्गत बिहीबार हुने खेलमा एसियन छनोट खेलेर विश्वकप पुगेको अस्ट्रेलिया प्रतियोगिताको पहिलो जितको खोजिमा रहँदा डेनमार्क पेरुपछि लगातार दोस्रो जितसहित नकआउट चरणमा स्थान बनाउने प्रयासमा हुनेछ।

    डेनमार्ककका लागि अस्ट्रेलियाविरुद्धको खेल अपराजित यात्रालाई निरन्तरता दिने चुनौतीका रूपमा समेत रहनेछ। डेनमार्क पछिल्ला १५ खेलमा अपराजित रहेको छ । २०१६ यता कुनै पनि अन्तराष्ट्रिय खेल नहारेकाले डेनमार्क सोहि लयलाई जारी राख्न चाहान्छ । डेनमार्कले १५ खेलमा निकै कम गोल खाएको छ । उसले हेरक ५ खेल बराबर एक गोल खाएको छ। समग्रमा ३ गोल मात्र खाएको छ त्यसैले आफ्नो बलियो छवि कारण अस्ट्रेलियालाई संकट पर्न सक्नेछ।

    अस्ट्रेलिया समूहको आफ्नो पहिलो खेलमा फ्रान्ससँग २-१ले पराजित भएको छ। पहिलो खेलमा पराजित भएपछि विश्वकप अभियानलाई जारी राख्न पनि दोस्रो खेलमा जित निकाल्नु पर्ने चुनौती डेनमार्कलाई रहेको छ। त्यसोत अस्ट्रेलिया विश्वकप इतिहासमापनि कमजोर सावित हुँदै आएको छ। उसले खेलेका १४ विश्वकप खेलमा २ खेलमा मात्र जित निकालेको छ। पछिल्लो जितका रूपमा अस्ट्रेलियाले सर्बियालाई २०१० मा पराजित गरेको थियो। त्यसयता अस्ट्रेलिया जितविहीन छ।

    अस्ट्रेलिया र डेनमार्क फिफाको औपचारीक ठुला प्रतियोगिताहरुमा एक अर्का विरुद्ध प्रतिष्पर्धा गरेका छैनन्। तर मैत्रिपुर्ण खेलमा भने एक अर्काविरुद्ध प्रतिस्‍पर्धा गरेका छन्। जसमा डेनमार्क हावि छ। तीनपटक भएका मैत्रिपुर्ण खेलमा दुईवटामा डेनमार्कले जित निकालेको छ।२००७ मा भएको पहिलो खेलमा ३-१ को जित निकाल्दा दोस्रो खेलमा २०१० मा १-० ले अस्ट्रेलिया विजयी भएको थियो । तर, २०१२ मा २-० ले डेनमार्क विजयी भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]