समाज

कांग्रेस नेता भट्टराईलाई मस्तिष्कघात

असार ७, २०७५

    काठमाडौं : नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ।

    स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पुर्‍याइएको थियो।

    अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ। सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

    स्नायु रोग विशेषज्ञ डा. राजीव झासहितको टोलीले उनको उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]