समाज : सुरक्षा/अपराध

प्रहरी र लुटेराबीच मुठभेड : लुटेरा नाइके खुँडेमाथि दुर्इ राउण्ड गोली प्रहार

असार ७, २०७५

    काठमाडौं : लुटपाटमा संलग्न भएका व्यक्तिलार्इ नियन्त्रण लिने क्रम गोली चल्दा एकजना घाइते भएका छन्। सिन्धुपाल्चोक बाह्रबिसे घर भर्इ हाल गोकर्णेश्वर बस्दै आएका २६ वर्षीय खुँडे भनिने अम्बरबहादुर तामाङमाथि गोली प्रहार गरेको हो। प्रहरीको गोली लागि उनी घाइते भएका छन्।

    बिहीबार बेलुकी अपराध महाशाखाबाट खटिएको टोलीले लुटपाटमा संलग्न रहेका तामाङ मुलपानी क्षेत्रमा छन् भन्ने विशेष सूचनाको आधारमा उक्त क्षेत्रमा सर्च गरेको थियो। नियन्त्रणमा लिने क्रममा आक्रमण गर्ने प्रयास गरेपछि जवाफमा प्रहरीले तामाङमाथि दुर्इ राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ। उनको दाहिने खुट्टामा दुर्इ राउण्ड गोली लागेको छ। उनलार्इ अहिले वीर अस्पातलमा उपचारका लागि लगिएको छ।

    प्रहरीले घटनास्थलबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुर्इ राउण्ड गोली, १२०० अमेरिकी डलर साट्न प्रयोग गरिने कागजको बिटा आठ थान बरामद गरेको छ।

    तामाङले नक्कली डलर (बीचमा कागज छेउछेउमा डलर) राखी  रुमालमा पोको पारी सर्वसाधारणलार्इ ठगी गर्ने गरेको थिए। तामाङ हात हतियार तथा पेस्तोल देखाई डकैती गर्ने समूहका मुख्य नाइके भएको प्रहरीको भनाइ छ।

    जेठमा उनीसहितको तीन/चारजनाको समूहले पेस्तोल देखाइ ताप्लेजुङ फुङलिङ-१ घर भर्इ हाल कपन चमति बस्ने २५ वर्षीय विरेन तामाङका साथबाट १९ लाख ६० हजार लुटेका थिए भने कपन संयुक्त बसपार्कमा उनको समूहले ताप्लेजुङको फुलिङ-४ का राजकुमार बानियाका साथबाट चार लाख ९० हजार लुटपाट गरेका थिए। उनीको समूहले भक्तपुर सुयबिनायक जंगलमा स्याङजा चापाकोट-१४ घर भई हाल चितवन रत्ननगर १० बस्ने राज भण्डारीको साथमा रहेको आठ लाख लुटेको प्रहरीले जनाएको छ।

कृष्णसिंह लोथ्याल

लोथ्याल  थाहा खबरमा ०७५ चैत १५ सम्म कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]