राजनीति

'मूल्य वृद्धिमा सरकारले विश्वकप जित्यो'

असार ८, २०७५

    काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले सरकारले चर्को मूल्यवृद्धिलाई रोक्न नसकेको भन्दै संसदमा विरोध गरेका छन्।

    शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै रसाइलीले सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेसँगै चरम मूल्यवृद्धि भएको र त्यसलाई रोक्न असफल भएको बताए। उनले यस्तो अवस्थालाई लिएर सडकमा मूल्यवृद्धिमा नेपाल सरकारले विश्वकप जितिसकेको बताए। उनले भने, 'करवृद्धि पछिको मूल्यवृद्धिले यो सरकारले विश्वकप जितिसकेको मान्छेहरू भन्न थालेका छन्।'

    मूल्यवृद्धिको विरोधमा कांग्रेसका भातृ संगठनहरूले गरेको आन्दोलनमा प्रहरी प्रशासनले अत्यधिक बल प्रयोग गरेको भन्दै उनले त्यसको विरोध गरेका थिए। उनले गृहमन्त्रीको प्रत्यक्ष निर्देशनमा आन्दोलनकारीमाथि अंगभंग हुनेगरी बल प्रयोग भएको भन्दै त्यसको छानविन गर्न आयोग बनाउन पनि सभामुखसँग आग्रह गरेका थिए। उनले गृहमन्त्री सिंघम नभएर डन बन्न खोजेको भन्दै आपत्ती जनाएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]