समाज

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

प्रतीकात्मक तस्बिर
असार १०, २०७५

    भद्रपुर, (झापा) : टिपरको ठक्करबाट झापामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ४ निवासी २४ वर्षीय लक्ष्मण खतिवडा रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।

    उनका अनुसार बुद्धशान्ति गाउँपालिका ३ मेची राजमार्गस्थित इलामबाट झापातर्फ आउँदै गरेको मे ७ प ४१८२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा १ क ६५८१ नम्बरको टिपरले आइतबार ठक्कर दिएको थियो। टिपरको ठक्करबाट खतिवडाको घटनास्थलमै मृत्यु भएको उनले बताए। 

    मोटरसाइकल पछाडि सवार सोही ठाउँका २५ वर्षीय साहिर शेर्मा लिम्बू गम्भीर घाइते भएकोले उनको हाल बिर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचार भइरहेको जनाइएको छ। प्रहरीले टिपर तथा चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]