राजनीति

प्रदेशसभाबाट विनियोजन विधेयक पारित

असार १०, २०७५

    विराटनगर : प्रदेश १ सभाले सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७५ पारित गरेको छ। प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले विधेयक पारित गरियोस् भनी पेस गरेको प्रस्ताव बहुमतले पारित गरेको हो। त्यसअघि विधेयकमाथि नेपाली कांग्रेसका सांसद शिवनारायण गनगार्इंले राख्नुभएको खर्च कटौतिको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको थियो।

    हरेक शीर्षकमा बजेट हुँदाहुँदै पनि भैपरी आउने शीर्षकमा रकम राख्नु उचित नहुने भन्दै उनले खर्च कटौतिको प्रस्ताव हालेका थिए। कांग्रेस सांसद गनगाईले विधेयकमा रहेको भैपरी चालुतर्फको ४३ करोड ३७ लाख ३ हजार २०७, विविध भैपरी शीर्षकको ८० करोड र भैपरी पूँजीगतमा रहेको ४८ करोड ८८ लाख ८० हजार रुपैयाँलाई कटौती गर्न प्रस्ताव पेस गरेका थिए। उनले ती सबै शीर्षकमा ५ ०० रुपैयाँ मात्र राख्न गरेको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो। 

    खर्च कटौतिको प्रस्तावमाथि जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम र सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि सो बजेट मन्त्रालय मातहत राखिएको जानकारी दिए। दुई कार्यक्रमको उपयुक्त खाका तयार भइनसकेकाले सो बजेटलाइ एकमुष्ट रुपमा मन्त्रालयमा राखिएको बताउँदै उनले नदी नियन्त्रण र दैवी विपत्तिको उद्धारमा समेत सो रकम खर्च गर्ने उल्लेख गरे।

    प्रादेशिक गौरबका आयोजना सुरु गर्न र ठूला आयोजनामा बजेट कम भएमा थप गर्न पनि उक्त बजेट खर्च गरिने आर्थिक मामिलामान्त्री आङ्बोले जानकारी दिए। बिनियोजन बिधेयक पारित भएसँगै सरकारको बजेटमाथिको संसदको कारवाही सम्पन्न भएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]