अर्थ

ई-सेवाबाट होटल बुकिङ, पहिलो चरणमा ३५ होटल ६०० रुम

असार १०, २०७५

    काठमाडौं : ई-सेवाबाट होटलको बुकिङ हुने भएको छ। भुक्तानीको लागि ई-सेवासँग सहकार्य होटल बुकिङ गर्दै आएको ओयोले मोबाइल एप्स तथा वेवसाइडबाट नेपालमा होटल बुकिङ सेवा सुरु गरेको हो। 

    यसको लागि आइतबार ई-सेवाले ओयोसँग सम्झौता गरी होटल बुकिङमा पनि सेवा विस्तार गरेको हो। सम्झौतामा ई-सेवाका अध्यक्ष अस्गर अली र ओयोका उपाध्यक्ष प्रसुन चौधरीले हस्ताक्षर गरेका छन्। 

    ओयोमार्फत तत्काल काठमाडौ र पोखराका ३५ होटलका ६०० रूम ई-सेवामार्फत् बुकिङ गर्न सकिने बताइएको छ।  ओयोले ६ महिनाभित्रै १५० होटलका तीन हजार भन्दा बढि कोठा आफ्नो नेटवर्कमाल्याउने लक्ष्य राखेको छ।

    ओयो र ई-सेवाको संयुक्त कारोबार सञ्चालन गरेको पहिलो चरणमा काठमाडौंका होटेलहरुमा ७ प्रतिशत र पोखराकाहोटेलहरुमा १५ प्रतिशत 'क्यास व्याक' को सुविधादिइएको छ। 

    ई-सेवाका अध्यक्ष अलीले ओयो र ई-सेवाको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा ठुलो टेवापुग्ने बताए। ‘ सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको अवस्थामा नेपालआउने पर्यटकलाई यो सहकार्यले निकै सहयोग पुग्ने विश्वास लिएको छौँ’ अलीले भने। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]