समाज

समाजसेवी कंसाकारलाई विद्यार्थीको सम्मान

असार १०, २०७५

    काठमाडौं : समाजसेवी तथा परोपकार आर्दश माविका पूर्व प्रधानअध्यापक हितकरवीर सिंह कंसाकार विद्यार्थीबाट सम्मानीत भएका छन्। विद्यालयको ६७ औं वार्षिकोत्सव समारोहमा कंसाकारलाई २०५२ सालमा एसएलसी उर्तीण भएका विद्यार्थीहरुको समूहले सम्मानित गरेका हुन्। 

    समूहका अध्यक्ष हिराकाजी महर्जन र महासचिव निर्जला रन्जितले कंसाकारलाई संयुक्त रुपमा सम्मानित गरेका थिए। कंसाकारले सबैको सहयोगबाट विद्यालय चलेकोले सम्मानको पात्र सहयोगी हातहरुको बताए। ‘परोपकार भनेको अरुको अहित नगर्नु हो, परोपकारी भावनामा लाग्ने मान्छेले आफ्नो शत्रु नै भएपनि विगार गर्न हुँदैन’ उनले भने ‘खराब कर्म गर्नेले त्यसको पाप पनि आफैले भोग्नुपर्दछ, त्यसैले इष्र्या र लोभको भावना राख्न हुँदैन।’

    नेपालकै जेठो सामाजिक संस्था परोपकार संस्था विसं २००४ मा नेपालका प्रथम रक्तदाता तथा समाजसेवी दयावीरसिंह कंसाकारले परोपकार संस्था स्थापना गरेका हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]