खेलकुद : विश्वकप फुटबल २०१८

स्विट्जरल्याण्डका दुई खेलाडीमाथि फिफाको कारबाही, दुई खेलकाे प्रतिबन्ध

असार ११, २०७५

    स्विट्जरल्यान्डका दुई खेलाडीले दुई खेल खेल्न नपाउने भएका छन्। 

    शनिबार सर्बियाविरुद्ध गोल गरेपछि खुसीयाली मनाउने क्रममा राजनीतिक झल्को दिने गतिविधि गरेका कारण दुई खेलाडीहरु जाका र साकिरीमाथि फिफा अनुशासन समितिले दुई खेलको प्रतिबन्ध लागउने निर्णय गरेको हो । 

    स्विट्जरल्यान्डका लागि गोल गरेका जाका र साकिरीले खुसीयाली मनाउने क्रममा अल्बानियाको राष्ट्रियता झल्कने सङ्केत दिएको आरोप फिफाको छ। दुवै खेलाडीले बुढी औंलालाई खप्टाउँदै बाँकी औंला फिजाएर उडिरहेको चिलको आकार आउने संकेत प्रस्तुत गरेका थिए। जुन आकृतिमा अल्बानियाको राष्ट्रिय झन्डा प्रतिबिम्बित भएको थियो।

    सेनेगलविरुद्धको खेलमा राजनीतिक गतिविधि झल्कने ब्यानर प्रदर्शन गरेका कारण फिफाले शनिबार पोल्यान्ड फुटबल संघलाई १० हजार स्विस फ्रांक (दश हजार एक सय अमेरिकी डलर) जरिवानासहित चेतावनी दिएको छ । फिफा अनुशासन समितिले अर्जेन्टिना र क्रोएसियाको फुटबल संघमाथि पनि समर्थकलाई नियन्त्रणमा राख्न नसकेकोमा अनुशासनको कारबाहीका लागि अनुसन्धान गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]