विश्व

किसान र गोठालाबिच झडप ८६ को मृत्यु

प्रतिकात्मक तस्विर
असार ११, २०७५

    नाइजेरियामा किसान र गोठालाबिच झडप हुँदा कम्तिमा ८६ जनाको मृत्यु भएको छ। 

    नाइजेरियाको मध्य क्षेत्रका हिंसा भड्किएको प्लाटेएउ राज्यको प्रहरीले जनाएको छ। किसान र गाईवस्तु चराउने गोठाला समुदायबिच गएको बिहीबारदेखि हिंसा भड्किएको जनाइएको छ। बेरोम किसान समुदाय र फुलानी गोठाला समुदायबिच हिंसा सुरु भएको थियो। त्यसपछि शनिबार हिंसाले उग्र रुप लिएको हो।

    हिंसापछि सरकारले राज्यका तीन क्षेत्रमा कर्फ्यू लागु गरेको छ। घटनामा ६ जना घाइते भएका छन्। ५० घर जलेर नष्ट भएका छन् भने १५ मोटरसाइकल र दुई गाडी पनि घटनाको क्रममा जलेको प्रहरीले जनाएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]