खेलकुद : विश्वकप फुटबल २०१८

विश्वकपको पहिलो फाइनल : अर्जेन्‍टिना उरुग्वेसँग ४–२ ले पराजित (भिडियाेसहित)

विश्वविजेता उरुग्वे
असार ११, २०७५

    उरुग्वेको नाम पहिलो विश्वपकप विजेताको रूपमा सुनौलो अक्षरमा लेखिएको छ। सन् १९३० मा भएको पहिलो विश्वकप फाइनलमा अर्जेन्टिनालाई ४–२ गोल अन्तरले पराजित गरेको थियो। त्यसपछि उरुग्वेले सन १९५० मा पनि विश्वकमा ब्राजिललाई पराजित गर्दै उपाधि दोब्बर बनाएको थियो। विश्वकको ८८ वर्षे अवधिमा त्यसपछि उरुग्वे फाइनलसम्म पनि पुग्न सकेको छैन। 

    पहिलो विश्वकमा १३ राष्ट्रको सहभागिता रहेको पहिलो विश्वकमा नौ टिमले अमेरिकाबाट सहभागिता जनाएका थिए भने कुल चार टिम युरोपका थिए जसमा बेल्जियम, युगोस्लाभिया, फ्रान्स र रोमानिया थिए।

    चार समूह बनाएर खेलाइएको खेलमा समूह १ मा अर्जेन्टिना, चिली, फ्रान्स र मेक्सिको रहेको थिए। त्यस्तै समूह २ मा युगोस्लाभिया, ब्राजिल र बोलिभिया थिए। समूह ३ मा उरुग्वे, रोमानिया र पेरु थिए। समूह ४ मा अमेरिका, पारग्वे र बेल्जियम थिए।  समूह चरणबाट सिधै अन्तिम ४ को छनोट गरिएको थियो। अन्तिम चारमा उरुग्वे, अर्जेन्टिना, अमेरिका र युगोस्लाभियाले स्थान बनाएका थिए।

    टिम अर्जेन्टिना

    सेमिफाइनलमा उरुग्वेले युगोस्लाभियालाई ६–१ गोल अन्तरले पराजित गर्दा अर्को सेमिमा अर्जेन्टिनाले अमेरिकालाई समान ६–१ गोल अन्तरले नै पराजित गरी फाइनलमा दुवैले भेट पक्का गरेका थिए। तर फाइनलमा भने अर्जेन्टिना उरुग्वेसँग ४–२ गोल अन्तरले पराजित हुन पुग्यो। पहिलो विश्वकमा गोल्डेन बुट भने अर्जेन्टिनाका खेलाडी  गुल्मेरियो स्टयाव्लीले पाएका थिए। उनले व्यक्तिगत ८ गोल गरेका थिए। 

    फाइनल खेलकाे  भिडियाे

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]