समाज

भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा तेस्रो पटक सफल कलेजो प्रत्यारोपण

असार ११, २०७५

    काठमाडौं : भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय मानवअंग प्रत्यारोपण केन्द्रमा तेस्रो पटक सफल कलेजो प्रत्यारोपण गरिएको छ।

    आइतबार प्रत्यारोपण केन्द्रमा तेस्रो पटक कपनका ४३ बर्षिय बद्री खड्काको सफल कलेजो प्रत्यारोपण गरिएको  केन्द्रका   प्रमुख डा पुकारचन्द्र श्रेठले बताए।

    खड्काको कलेजो क्रिप्टोजेनिक सिरोसिस रोगका कारण कलेजो खराब भएका ४३ बर्षिय खड्कालाई उनकी श्रीमती ३९ बर्षीया रुषा खड्काले कलेजो दान गरेकी थिइन्। यस भन्दा पहिले केन्द्रले दुइ जनाको सफल कलेजो प्रत्यारोपण गरेको थियो।

    सोमबार १४ घन्टा भन्दा लामो समय लगाएर तेस्रो पटक कलेजो प्रत्यारोपण गरिएको डा. श्रेष्ठले बताए। उनले भने 'हामीले हिजो मात्र करिब १४ घन्टा लगाएर तेस्रो पटक सफल कलेजो प्रत्यारोपण गरेका छा आज सम्म  बिरामीको स्वास्थेय अवस्था एकदम राम्रो छ।'

    प्रत्यारोपणमा सघाउन भारतको दिल्लीस्थित म्याक्स हस्पिटलबाट प्रा डा सुभाष गुप्ताको नेतृत्वमा आएको ९ सदस्यीय टोली र केन्द्रकै १५ जना चिकित्सको टोलीले प्रत्यारोपण गरेका थिए।

    यसअघि केन्द्रमा  २०७३ मंसिर २२ गते नेपालमै पहिलो पटक भक्पुरका ३६ बर्षिय बलराम नागाको कलेजो प्रत्यारोपण गरिएको थियो। उनलाई ४१ वर्षीया दिदी सानुमाया लागेजुले कलेजो दिएकी थिन्। त्यसको करीब ७ महिना पछि २०७४ असार १८ गते दोस्रो पटक काठमाडौँ महानगरपालिका–१२ लगनटोलका, ५७ वर्षीय बाबु हीराकाजी महर्जनको कलेजो प्रत्यारोपण भएको थियो। महर्जनलाइ उनकी २४ वर्षीया छोरी सरिता महर्जनले कलेजो दिएकी थिइन्।

    पहिलो पटक प्रत्यारोपण सघाउन दक्षिण कोरियाको सामसङ हस्पिटलबाट १४ जना चिकित्सकको टोली आएको थियो। दोस्रो पटक भएको प्रत्यारोपणमा सघाउन दिल्लीस्थित म्याक्स अस्पतालकै चिकित्सक आएका थिए ।

    निर्देशक डा श्रेष्ठले पहिलो र दोस्रो पटक कलेजो प्रत्यारोपण गरिएका व्यक्ति अहिले स्वस्थ जीवन जिइरहेको जानकारी दिए समेत डा. श्रेष्ठले बताए। यस्तै डा. श्रेष्ठले केन्द्रलये छिटै अर्को  बिरामीको पनि कलेजो प्रत्यारोपण गर्न लेको समेत बताए।

    कलेजो प्रत्यारोपण सबै भन्दा जटिल सल्यक्रिया मानिन्छ । दोस्रो कलेजो प्रत्यारोपण गरेको एक बर्ष पुग्न एक साता बाँकी रहँदा हिजो तेस्रो कलेजो प्रत्यारोपण भएको हो।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]