अर्थ

चितवनका स्थानीय तहको बजेट  छ अर्ब ७१ करोड ६६ लाख

एक मात्रै गाउँपालिकाले भने बजेट घोषणा गर्न सकेन

असार ११, २०७५

    चितवन : चितवनका ६ वटा स्थानीय तहमा आगामी आर्थिक वर्षका लागि कुल छअर्ब ७१ करोड ६६ लाखको बजेट विनियोजन गरेको छ। एकमात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाले भने बजेट प्रस्तुत गर्न सकेन।

    जिल्लामा एउटा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, माडी, राप्ती र कालिका गरी पाँच नगरपालिका, एक इच्छाकामना गाउँपालिका छ। महानगर र नगरपालिकाका सबैले बजेट प्रस्तुत गरे पनि इच्छाकामना गाउँपालिकाले आइतबार औपचारिक रुपमा बजेट घोषणा गर्न भने सकेन। यद्यपि गाउँपालिकाको बजेट भने ३५ करोड रुपैयाँको हाराहारीमा रहे पनि प्रस्तुत गर्न भने बाँकी रहेको अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन्। उनका अनुसार बजेट तयारी भए पनि अहिले वडाभेला चलिरहेकाले यही असार १५ १६ मा औपचारिक घोषणा गरिने छ।

    चितवनको भरतपुर महानगरपालिकाको ८७ बुँदे नीति तथा कार्यक्रम सहित कुल तीन अर्ब ३४ करोड पाँच लाखको बजेट विनियोजन गरेको छ। महानगरपालिकाका उपप्रमुख पार्वती शाहद्धारा प्रस्तुत बजेट अनुसार चालु खर्चतर्फ रु एकअर्ब ७० करोड र ४९ लाख रहेको छ भने पुँजीगत खर्चतर्फ एक अर्ब ६२ करोड ५६ लाख बजेट विनियोजन भएको छ। वित्तीय व्यवस्थापनतर्फ एक करोड रुपैयाँ रहेको छ।

    रत्ननगर नगरपालिकाले ५१ बुँदे नीति तथा कार्यक्रमसहित आगामी वर्षका लागि८४ करोड ५४ लाखको बजेट पारित गरेको छ। जसमा आन्तरिक आय १० करोड ५८ लाख, सामाजिक सुरक्षा कार्यक्रम १२ करोड, संघीय सरकारबाट सशर्तअनुदान २६ करोड ७८ लाख, वित्तीय सामान्यीकरणतर्फ १२ करोड २ लाख तथा राजस्व बाँडफाँड ९ करोड ५० लाख रुपैयाँको बजेट रहेको छ। यस्तै प्रदेश सरकारबाट सशर्त अनुदान चार करोड ९६ लाख, वित्तीय सामान्यीकरणतर्फ ९० लाख र राजस्व बाँडफाँडमा एक करोड, सडक बोर्डबाट ७० लाख एलजीसिडीपि कार्यक्रमतर्फ १० लाख रुपैयाँ बजेट राखिएको छ।

    खैरहनी नगरपालिकाले आगामी वर्षका लागि  ६२ करोड ३१ लाख ९१ हजारको बजेट ल्याएको नगरप्रमुख लालमणि चौधरीले जानकारी दिए। यता राप्ती नगरपालिकाले भने आगामी वर्षका लागि ५१ करोड २० लाखको बजेट पारित गरेको छ। आन्तरिक आम्दानी चार करोड सहित सशर्त अनुदान झण्डै २० करोड, राजस्व बाँडफाँडमा झण्डै ११ करोड, सामान्यीकरणतर्फ साँढे १६ करोड रुपैयाँको बजेट पारित भएको छ।

    कालिका नगरपालिकाको दोस्रो नगरसभाले आर्थिक वर्ष २०७५/०७६ का लागि ४९ करोड १८ लाख ६२ हजार बराबरको आयव्यय प्रस्तुत गरेको छ। सो बजेटको आम्दानीतर्फ आन्तरिक राजश्व दुइ करोड, नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान १४ करोड २६ लाख, सामान्यीकरण अनुदान १३ करोड ५७ लाख, प्रदेशसभाबाट प्राप्त हुने सशर्त अनुदान ८२ लाख ३१ हजार, समान्यीकरण अनुदान २ करोड ५५ लाख ९३ हजार रहेको छ। यसैगरी नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड ८ करोड ६७ लाख ३८ हजार, शान्ति सुरक्षाभत्ता अनुदान सात करोड, सडक बोर्डबाट प्राप्त हुने अनुदान ३० लाख रहेको छ।  यस्तै माडी नगरपालिकाले भने ९० करोड ३८ लाखको बजेट विनियोजन गरेको छ। 

    नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीले नेपाल सरकारबाट ३० करोड, प्रदेशसरकारबाट दुई करोड, आन्तरिक आम्दानी करिव २० करोड बजेट विनियोजन भएको बताए। अन्य रकम भने विभिन्न ठाउँबाट अनुदान कार्यक्रमहरू आउने अनुमानसहित ९० करोड ३८ लाखको बजेट विनियोजन भएको जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]