स्वास्थ्य

'दुधमा युरिया मिसाएका छैनौँ'

असार ११, २०७५

    काठमाडौं : दुध उत्पादकहरूको छाता संगठन डेरी उद्योग संघले दुधमा युरिया मललगायतका अखाद्य वस्तु नमिसाइएको दाबी गरेको छ।

    डेरी उद्योग संघका पदाधिकारीले सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको छलफलमा दुध तथा दुधजन्य वस्तुमा युरिया मल लगायतका अखाद्य वस्तु नमिसाइएको दाबी गरेको हो। संघका अध्यक्ष अरनिको राजभण्डारीले गाईको घाँस र दानामा रहेको युरिया मलको केही मात्रा दुधमा पनि देखिएको दाबी गर्दै त्यसले मानव स्वास्थ्यमा प्रतिकूल असर नपार्ने तर्क समेत गरेका थिए।

    संघले बाहिरबाट निर्यात गरिएका दुध पाउडर पनि मापदण्डविपरीत नरहेको दाबी गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चेकजाँच गरेर मात्रै खरिद गरिएको दुध पाउडर मापदण्ड विपरित रहेको भन्न नमिल्ने डेरी संघका अध्यक्ष राजभण्डारीको तर्क छ। उनले दुध डेरी पसललाई व्यवस्थित बनाउन २ वर्ष भित्र आचारसंहिता बनाएर पालना गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए।

    यता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि दुधमा मिसावट देखिएको भन्दै त्यसलाई व्यवस्थित बनाउन आवश्यक आचारसंहिता निर्माणको कामलाई पनि अघि बढाएको जनाएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले दुध तथा दुधजन्य वस्तुमा मानव स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट भेटिएको भन्दै गर्दै त्यस्ता दुध डेरीलाई कारबाही गर्ने चेतावनी दिँदै आएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]