छापा

घटेनन् मापसे गरी सवारीसाधन चलाउने

असार १२, २०७५

    काठमाडौं : प्रहरीले कडा कारबाही गर्दा समेत मादक पदार्थ सेवन(मापसे) गरी सार्वजनिक सवारीसाधन चलाउनेको संख्या घट्न सकेको छैन। महानगरीय ट्राफिक महाशाखाका अनुसार ट्रक, बस र भाडाका कार चालकले मापसे गरेर चलाउने भेटिएको छ।

    महाशाखाको तथ्यांकअनुसार गत छ वर्षमा काठमाडौं उपत्यकाभित्र मात्रै मापसे कारबाहीमा भाडााका दुई हजार ३९५ सवारीसाधन कारबाहीमा परेको समाचार नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ। कारबाहीमा पर्ने सबैभन्दा धेरै ट्रक, बस र भाडाका कार चलाउने चालक छन्।

    उपत्यकाभित्र मापसे गरी ट्रक चलाउने ६२५, बसका ५८३, भाडामा चल्ने कारका ८१७ र माइक्रोबसका २५३, टेम्पोका ५७ र ट्याक्टरका २५ चालक मापसे कारबाहीमा समातिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]