छापा

कामदार घट्दा एयरलाइन्सका उडान कटौती

असार १२, २०७५

    काठमाडौं : सरकारले मलेसिया कामदार पठाउने म्यानपावर एजेन्सीलगायतमा कडाइ गरेसँगै हवाई यात्रुको संख्या उल्लेख्य रुपमा घटेको छ।

    यसरी कामदारको संख्या घट्दा काठमाडौं–क्वालालम्पुर र क्वालालम्पुर–काठमाडौं उडान गर्ने एयरलाइन्सहरु उडान संख्या घटाउन बाध्य भएका छन्। वैदेशिक रोजगारीको लागि आकर्षक गन्तव्य मानिने मलेसियामा अहिले म्यानपावर एजेन्सीहरुले कामदार पठाउन छाडेका छन् । सरकारले भीएलएन, वानस्टपलगायत मलेसियामा कामदार पठाउँदै आएका केही कम्पनी र म्यानपावर एजेन्सीमाथि कारवाही गरेको छ।

    सन् २०१८ को अप्रिल महिनामा मलेसिया जाने हवाई यात्रु संख्या ४४ हजार ६ सय ८६ थियो भने उक्त संख्या गत मे महिनामा घटेर ३६ हजार ८ सयमा सीमित भएको छ । जुन महिनामा झै घट्ने देखिएको एयरलाइन्स कम्पनीहरुले जनाएको खबर कारोबार दैनिकमा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उपलब्ध गराएको तथ्यांकअनुसार जुन महिनाको १५ दिनमा मलेसियातर्फ जम्मा १५ हजार ७ सय ९७ मात्रै हवाक्ष्ई यात्रु छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]