समाज

आफ्नै खेतीबारीमा रमाउँदै जेटीए पुष्पराज

असार १२, २०७५

    कालिकोट : रास्कोट नगरपालिका–९ फुकोटका २५ वर्षीय पुष्पराज बराल जेटीए अध्ययन गरेर गाउँमा नै कृषि कर्म गरिरहेका छन्। सात वर्षअघि जेटीएको अध्ययन सकेका उनी गाउँमा नै कृषि कर्ममा रमाइरहेका छन्।

    सरकारी जागिरभन्दा कृषि पेसा गरेर नै राम्रो आम्दानी गर्न सकिन्छ भनेर जागिरमा नलागेको उनको भनाइ छ। ‘सरकारी जागिर खाएर वार्षिक पाँच लाखभन्दा कम कमाइ हुन्थ्यो,’ उनले भने, ‘अहिले कृषि पेसाबाट वार्षिक पाँच लाखभन्दा बढी कमाइ भइरहेको छ।’

    पुष्पराजले गाउँमा नै तरकारी उत्पादन गर्ने र विभिन्न फलफूलका नर्सरी राखेका छन्। नर्सरीमा स्याउ र ओखरका बिरुवा उत्पादन गर्दै आएका छन्। ती विरुवा विभिन्न ठाउँमा निर्यात हुँदै आएको छ। ‘मैले उत्पादन गरेका स्याउ र ओखर विरुवा बाहिरी जिल्लामा निर्यात गर्ने गरेको छु,’ उनले भने, ‘माग बढिरहको छ।’

    उनले तरकारी पनि राम्रो उत्पादन गर्दै आएका छन्। तर, बजारको अभाव भएको उनको गुनासो छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]