समाज

अनियमितता भएको भन्दै अभिभावकले गरे विद्यालयमा तालाबन्दी

असार १२, २०७५

    धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–४ गणेशपुरमा रहेको सीता कुण्डा माध्यमिक विद्यालयमा सोमबार अभिभावकले तालाबन्दी गरेका छन्। विद्यालयको निर्माणधीन भवनमा पुराना इँटा प्रयोग भएको, पाँच वर्ष पहिले विद्यालयले लगाएको महायज्ञको आय–व्यय सार्वजनिक नगरेको भन्दै अभिभाकले तालाबन्दी गरेका हुन्।

    माग सुनुवाइ नभएसम्म ताला नखोल्ने स्थानीय झंकरबहादुर शाहले बताए। ‘नयाँ भवन निर्माणका लागी जिल्ला शिक्षा कार्यालय कैलालीले १६ लाख रुपैयाँ अनुदान दिएको थियो,’ उनले भने, ‘तर भवन निर्माण गर्दा प्रयोग भइसकेको इँटा पुनः प्रयोग गरिएको छ।’ विद्यालयको पुरानो भवन भत्काएर त्यहाँ प्रयोग भएका पुराना इँटा नयाँ भवनमा प्रयोग गरिएको उनको आरोप छ। धेरै वर्ष पुराना इँटा फेरि प्रयोग गरेर अनियमितता गर्न खोजेको अभिभावकको आरोप छ। उनीहरुले प्रध्यानाध्यापकले मनोमानी गरेको दावी गरे।

    प्रध्यानाध्यापक रामदत्त अवस्थिले पुरानो भवन जीर्ण भएकाले समितिको निर्णयअनुसार भत्काएको बताए। उनले भने, ‘सबैको सहमतिमा भवन भत्काएर भवनमा रहेका राम्रा इँटा पुनः प्रयोगमा ल्याइएको हो।’ महायज्ञको आय–व्ययको सार्वजनिक नगरेको भन्ने अभिभावकको आरोप निराधार रहेको उनले बताए। ‘२०७१ जेठ १२ देखि १९ सम्म महायज्ञ भएको र त्यसको १५ दिनपछि आय–व्यय सार्वजनिक गरिएको थियो,’ उनले भने, ‘कोही नआउनुभएको हुन सक्छ, आफुलाई थाहा भएन भने सार्वजनिक गरेन, अनियमितता गर्‍यो भन्न पाइँदैन।’

    तालबन्दीपछि पठनपाठन प्रभावित भएको छ। छलफल र सहमतिबाट ताला खोल्ने बताए पनि छलफलमा सहमति जुुट्न सकेको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]