समाज

संखुवासभाकाे साप्तेलमा पहिरोको जोखिम

असार १२, २०७५

    संखुवासभा : उत्तरी क्षेत्रको  सिलिचोङ गाउँपालिका ३ ताम्कु साप्तेल गाउँ पहिरोको जोखिममा परेको छ। गत मंसिर ३ गते दिउँसो गएको साप्तेल गाउँ तान्दै सुख्खा पहिरो झरेको थियो।  

    साप्तेलमा जब सिमसिम पानी पर्न थाल्छ तब साप्तेलवासी नागरिकहरुमा डर त्रास फैलिन्छ। यति मात्र होइन मुटुमा ढ्याङ्ग्रो बज्न थाल्छ यसको एक मात्र कारण हो। गाउँलाई नै तान्दै झरेको पहिरो। १७ घर परिवार रहेको साप्तेल गाउँलाई तानिदै झरेको सुख्खा पहिरोले संखुवाखोला समेत थुनिएको स्थानीयको भनाइ छ। अहिले साम्तेलमा दैनिक जसो ढुंगा र माटोको ढिस्को झर्ने र पानी परेको समयमा झन ठूलो मात्रामा माटो र ढुंगो खस्ने गरेपछि स्थानीय चिन्तित बनेका हुन्। 

    वर्षौदेखि पहिरोको जोखिममा बाँचिरहेको साप्तेलका बासिन्दाहरू रातको समयमा पानी पर्न थाल्ने वित्तिकै जाग्राम बसेर रात कटाउनु परेको स्थानीय भक्त कुलुङले बताए। पहिरोले घर गाउँ नै बगाएर संखुवा खोलामा नै मिसाइदिने हो कि भन्ने डरका कारण ढुक्कले निदाउन पाएका छैनन्। ‘अव त वर्षा लाग्यो पानी परिरहन्छ। कुन दिन बगाउने हो टुंगाे छैन’, कुलुङको भनाइ छ। 

    एक दशक अघि छिमेकी गाउँ सिकिदिमलाई आफ्नै आँखा अगाडि पहिरोले लगेको झलझली सम्झिरहेका साप्तेलवासीहरू आफुहरुले पनि त्यहि नियति भोग्नु पर्ने अवस्थामा आइपुगेको उनीहरू बताउछन्। गत मंसिर ३ मा साप्तेलमा गएको पहिरोको अध्ययन साहीे गाउँका वडा सदस्य मणिकुमार कुलुङ र ताम्कु प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घटना विवरणको  मुचुल्का तयार गरेर जिल्ला प्रहरी कार्यालय र जिल्ला विपद व्यवस्थापन समितिलाई बुझाएको थियो।

    सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पनि घटनास्थलको स्थलगत अनुगमन गर्दै स्थानान्तरणसम्मको आश्वासन समेत दिएका थिए। यस विषयमा तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा विपद व्यवस्थापन समितिका अध्यक्ष शिवराज जोशीले चुनाव लगत्तै स्थलगत अध्ययन गरेर राहत तथा आवश्यकताको आधारमा स्थानान्तरणको  प्रक्रियाहरू अगाडि बढाउने बताएका थिए। अहिले जोशीको सरुवा भएपछि प्रजिअको रुपमा गणेशबहादुर अधिकारी आएका छन्।

    जिल्ला विपद व्यवस्थापन समिति अध्यक्ष समेत रहेका अधिकारीले यस विषयमा त्यति जानकारी नरहेको बताए। उनले भने त्यस्को स्थलगत अनुगमन गर्ने र त्यसपछि  के गर्न सकिन्छ त्यस विषयमा  चाँडै गरिने अधिकारीको भनाई छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]