स्वास्थ्य

व्यायाम नगरे अल्छी लाग्छ : डा. अरुण कुँवर

असार १४, २०७५

    काठमाडौं : चिकित्सकले दिने औषधि तथा सल्लाह नै हरेक बिरामीका लागि नयाँ जीवन पाउने ठूलो आधार हुन्छ। बिरामीहरुलाई मृत्युको मुखबाट बचाउने चिकित्सकहरुको जीवनशैली भने कस्तो हुन्छ? धेरैलाई कौतुहलता हुन्छ। स्वास्थ रहन उनीहरुले के के गर्छन् भन्ने सर्वसाधरणलाई जिज्ञासा हुन्छ।

    चिकित्सकहरुले स्वस्थ रहन के के तरिका अपनाउँछन्। यसै सेरोफेरोमा रहेर नेपालका पहिलो बाल मनोरोग विशेषज्ञ डा. अरुण कुँवरलाई अाजको मेरो फिटनेसमा स्तम्भमा प्रस्तुत गरेका छाैं।

    अमेरिकाको अपस्टेट मेडिकल युनिभर्सिटीबाट बाल मनोरोगमा विशेषज्ञता हासिल गरेका डा. कुँवर कान्ति अस्पतालमा स्थापना गरिएको नेपालकै पहिलो पूर्णकालीन बाल मनोरोग ओपीडीमा कार्यरत छन्। उनले अमेरिकामा पनि काम गरेका थिए। त्यहाँ उनले सन् २००५ मा अमेरिकन एकेडेमी अफ चाइल्ड एन्ड एडलोसेन्ट साइक्राटिकमा पाइलट रिसर्च अवार्ड प्राप्त गरे। यस्तै, सन् २००८ मा नेसनल एलायन्स फर सिजोफ्रेनिया एन्ड डिप्रेसनले ‘योङ इन्भेस्टिगेटर अवार्ड’ हासिल गरे।

    अमेरिकाबाट सन् २००९ को जुलाइमा नेपाल आएका डा. कुँवर अढाइ वर्षदेखि कान्तिमा बाल अस्पतालमा पूर्णकालीन बाल मनोरोग ओपीडीमा प्रमुख चिकित्सक छन्। डा. कुँवर हरेक दिन बिहान ९ बजे घरबाट अस्पताल निस्किन्छन्। धेरै समय अस्पतालमा बिरामीहरुसँगै बित्ने भए पनि उनी समय मिलाएर कहिले काहीँ सार्वजनिक कार्यक्रममा पनि पुग्छन्। व्यस्तताबीच पनि उनले अाफ्नो स्वास्थका लागि समय निकाल्ने गरेका छन्।

    लच्च टाइममा जिम

    नियमित एक्सरसाइज गर्छु। म हरेक दिन सकेसम्म आधा घण्टादेखि एक घण्टासम्म जिम गर्छु। जिम जान नभ्याएको दिन आधा घण्टादेखि ४५ मिनेट हिँड्छु। म एक्सरसाइज बिहानकै समयमा गर्नुपर्छ भन्ने मान्यता राख्दिन। आफूलाई अनुकूल रहेको समयमा दैनिक जुनसुकै समयमा जिम गर्ने वा हिँड्ने गर्छु। प्राय: लन्च टाइममा जिम गर्छु।

    यसका अलवा कामले यताउती जाँदा पनि नजिकको ठाउँ छ भने हिँडेरै जान्छु। अस्पतालमा वा अन्य ठाउँमा लिफ्ट छ भने पनि लिफ्टको सट्टा हिँडेरै जाने गर्छु। बाहिर मिटिङ वा अन्य काम नभएको दिन २ देखि ३ बजेसम्म मेरो जिम गर्ने समय हुन्छ। जिम नगए वा व्यायाम नगरे जीउ नै भारी भएर आउँछ। अल्छी लाग्छ।

    हरेक बिहान ब्ल्याक कफी

    म प्राय: साढे ६ देखि ७ बजेसम्म उठिसक्छु। उठ्ने बित्तिकै चिनीविनाको ब्ल्याक कफी पिउँदै पत्रपत्रिका पढ्छु। यसपछि समय भए स्वयम्भूको डाँडामाथि पुगेर आउँछु। बिहान ८ बजे ब्रेकफास्ट खाएर घरबाट निस्कन्छु। ब्रेकफास्टमा प्राय: अण्डा, पाउरोटी र सिजनअनुसारको फलफूल खाने गर्छु। सागसब्जी कहिल्यै छुट्दैन। घरबाट निस्कँदा कहिले कहिले ब्रेकफास्टकै भरमा त कहिले  खाना खाएर निस्कने बानी छ। तर, ९ बजेसम्ममा घरबाट निस्कlसकेको हुन्छु।

    दिउँसोको खाना कहिले काहीँ

    म दिउँसोको खाना विरलै  खान्छु। खाइहाले भनें पनि कम खाने गर्छु। तर, लन्चको समयमा  भने खानेकुरा खाने गर्छु। म दिउँसो प्रfय: एउटा रोटी, तरकारी, अण्डा, दही, चना खाने गर्छु। सकेसम्म सागसब्जी खान छुटाउँदिन। बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कान्ति बाल अस्पतालमा हुन्छु। त्यसपछि जिम जान्छु। जिमपछि चक्रपथस्थित मेट्रो काठमाडौं अस्पताल पुग्छु। त्यहाँ ३ देखि ५ बजेसम्म बिरामी हेर्छु।

    प्राय: ५ बजेपछि अफिसियल्ली रुपमा दिनभरको काम बन्द गर्छु। सातामा एक दुई दिन बेलुकाको खाना घरबाहिर साथीभाइ तथा परिवारसँग खाने गर्छु। अन्य दिन साढे ५ बजेसम्म घर पुगिसकेको हुन्छ।

    भान्छामा प्राय: आफैं

    मलाई खानेकुरा बनाउ रुचि छ। जसले गर्दा बेलुकाको खाना आफैं बनाउँछु। सकेसम्म अन्न नभएको खानेकुरा हाम्रो भान्छा पाक्ने गर्छ। मलाई विभिन्न प्रकारको खाना बनाएर परिवारलाई खुवाउने सोख भएकाले सकेसम्म बनाएर परिवारलाई खुवाउने गर्छु।

    मैले पकाएको खानेकुरा घरमा मन पराइदिन्छन्। हरेक दिन बेलुका ७ देखि ८ बजेसम्ममा बेलुकाको खाना खाइसकेको हुन्छु। खानापछि केही समय टीभी हेर्ने, परिवारका सदस्यहरुसँग गफ गर्छु। मेरो प्राय: राति १० बजे सुत्ने बानी छ।

    आफ्नै बारीको आर्गानिक तरकारी

    काभ्रेको फूलबारीका मेरो आफ्नै तरकारी फर्म छ। हाम्रो परिवारलाई पुग्ने तरकारी, मौसमअनुसारको फलफूल हामी आफ्नै बारीको खाने गर्छौं।  महिनामा एक दुई पटक काठमाडौंको व्यस्त जीवनशैलीबाट भाग्न आफ्नो फर्ममा गएर काम गर्ने पनि गर्छु। कखुरापालन, बाख्रापालन पनि छ। अण्डा अाफ्नै फर्मको खान्छु। अाफु सधैं जान नभ्याउने भएकाले एक जना सहयोगी राखेछु। तर, हरेक महिना काम गर्ने गरी पुग्ने गरेको छु।

    हाइकिङमा रुचि

    मेरो अर्को इच्छा भनेको हाइकिङ जाने हो। वर्षमा म एक दुई पटक हाइकिङ निस्कने गर्छु। केही समयअघि पनि सगरमाथा बेसक्याप पुगेको थिएँ। अरु समयमा पनि म समय मिलाएर काठमाडौं आसपास ठाउँहरुमा हाइकिङ जाने गर्छु।

    वर्षमा एक दुई पटक विदेश पनि जान्छु। मानिस स्वस्थ्य हुनका लागि मानसिक रुपमा पनि स्वस्थ्थ हुन आवश्यक हुन्छ। हरेक मानिसले आफू खुसी हुन आफ्नो र परिवारका लागि समय छुट्याउनुपर्छ। म फिल्म हलमा गएर एक दम कम फिल्म हेर्छु। फुर्सद मिले केही लेख्ने पनि गर्छु।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]